७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बाघ घरभित्र ओछ्यानमा सुत्नगएपछि…


३ साउन, काठमाडाैँ । भारतमा एक घरमा बाघ ओछ्यानमा  सुतिरहेकाे अवस्थामा भेटिएकाे छ । भारतको उत्तरपूर्वी राज्य आसामको हरमुती गाँउको घटना हाे ।  बाघलाई पक्रन गएको वन्यजन्तु ट्रष्टले आफ्नो आधिकारिक ट्वीटरमा घरभित्रको आछ्यानमा सुतिरहेको बाघको तस्विर पोष्ट गरेको छ । तस्विरमा बाघ ओछ्यानमा आराम गरिरहेको देखिन्छ ।

बाघ नजिकैको कान्जिरङ्गा राष्ट्रिय निकुञ्जमा पसेको बाढीबाट जोगिन गाउँ पसेको विश्वास गरिएको छ । कान्जिरङगा राष्ट्रिय निकुञ्ज बाघ, हात्ती, भालु र गैंडाको लागि चर्चित छ । कान्जिरङ्गा राष्ट्रिय निकुञ्ज विश्वको सबैभन्दा धेरै एक सिंगे गैडाको बसोबास भएको वन हो ।

कान्जिरङगा राष्ट्रिय निकुञ्जमा १६४१ एक सिङ्गे गैडा पाइन्छ । यो निकुञ्ज युनेस्कोको विश्व सम्पदा केन्द्रमा सूचीकृत छ । ‘बाघ शान्त थियो र यसले कुनै खतरा पु¥याउने अवस्था नरहेकाले र बाघलाई लोपोन्मुख जीवमा गनिने भएकाले केही नगरकाे सैइकीयाले बताइन् ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार १७:०२