१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

प्रदेश सरकारको सिफारिसमा २८ छात्रछात्रालाई पूर्ण छात्रवृत्ति


४ साउन, जनकपुरधाम । प्रदेश नं २ सरकारको सिफारिसमा भारतको आन्ध्र प्रदेश काकिनाडास्थित आदित्य एजुकेशनल इन्स्टिच्युसनले २८ जना छात्रछात्रालाई पूर्ण छात्रवृत्ति दिने भएको छ । इन्स्टिच्युसनले प्रदेश सरकारको सिफारिसमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत प्रदेश नं २ का १८ छात्रा तथा शहीद परिवार सम्मान कार्यक्रमअन्तर्गत १० जना छात्र–छात्रालाई सिभिल, मेकानिकल, कम्प्युटर साइन्स, इन्फोेरमेशन टेक्नोलोजी, माइनिङ, पेट्रोलियम, एग्रीकल्चर, इलेट्रिकल, इलेक्ट्रोनिकमा पूर्ण छात्रवृत्ति दिने भएको हो ।

यसअन्तर्गत छात्रवृत्ति पाउने छात्रछात्राले छात्रावास, किताब खर्च, परीक्षा शुल्क र पोशाक शुल्क आफैँले ब्येहोर्नु पर्नेछ । इन्स्टिच्युसनका निर्देशक परमजित सिंहले यसका अतिरिक्त प्रदेश सरकारको सिफारिसमा थप २० जना छात्राछात्रालाई ५० प्रतिशत छात्रवृत्ति प्रदानसमेत गरिने बताएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार १५:५१