८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सार्वजनिक जग्गाकाे अतिक्रमण जाेबाट भएपनि सरकारले कार्वाही गर्छः उपप्रधानमन्त्री पोखरेल


४ साउन, काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गाकाे अतिक्रमण जाेबाट भएपनि सरकारले कार्वाही गर्ने बताएका छन् । शनिबार काठमाडौँ क्षेत्र नम्बर ५ मा पुनर्निर्माण गरिएको पुलको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा काे अतिक्रमण जतिसुकै सम्मानित ठाउँबाट भएपनि त्यसलाई सरकारले कार्वाही गरेरै छाडने चेतावनी दिए ।

 

उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा कहीँकतै अतिक्रमण भए तत्काल त्यसको सूचना संघीय सरकारलाई दिन स्थानीय तथा प्रदेश सरकारलाई पनि आग्रह गरे ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कार्यक्रममा बोल्दै सबै वडाहरुसँग आवश्यक सहकार्य गरेर काठमाडौँ महानगरपालिकाले विकास निर्माणको कामलाई तीव्रता दिएको दावी गरे । उनले काठमाडौँलाई हिलो र धुलोमुक्त बनाएको दावी गर्दै चालू आर्थिक वर्ष भित्र नवर्निर्माण र पुनर्निर्माणको कामलाई अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार १३:४९