१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बम विस्फोटमा ज्यान गुमाउनु अघि राम सिंहले फेसबुकमा यस्ताे लेखेका रहेछन्


४ साउन,  कैलाली । बम विस्फोटमा ज्यान गुमाउनु अघि राम सिंहले जीवनका बारेमा फेसबुकमा मार्मीक स्टाटस लेखेका रहेछन् । सिंहकाे बिहीबार साँझ धनगढीमा भएको बम विस्फोटमा परि ज्यान गुमेकाे थियाे । बझाङको जयपृथ्वी नगरपालिका–१, कैलाशपिमी घर भएका सिंह आफूले बोकेको विस्फोटक पदार्थ पड्किँदा घाइते भएका थिए । उपचारका क्रममा बिहीबार राति धनगढीको माया मेट्रो अस्पतालमा उनको ज्यान गएको थियो ।

विस्फोटमा परि ज्यान गुमाएका सिंहकाे साथबाछ मोबाइल र तीन ओटा सिम पनि प्रहरीले बरामद गरेको छ । उनको साथबाट ‘रिमोट टेस्टर’ लगायतका सामग्री पनि फेला परेको छ । विस्फोटक पदार्थ बोकेर हिँड्नुको प्रयोजन अझै नखुलेको डीएसपी दक्षकुमार बस्नेतले बताएका छन् ।

धनगढीमा भएको बम विस्फोटमा परि ज्यान गुमाएका २७ वर्षीय सिंहले आफ्नो फेसबुक वालमा घटना हुनुभन्दा चार दिनअघि फेसबुकमा लेखेको स्टाटस उनको वास्तविक जीवनसँग मेल खाएको छ । गएको २९ गते उनले लेखेको स्टाटस यस्तो छ– ‘यो आकाशको उचाइ कति छ भनेर कसलाई के थाहा ? मेरो जिन्दगीको आयु कति छ भनेर मलाई के थाहा ? फेसबुकमा रहेका सबै साथीलाई न्यायो माया ।’

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार १३:४६