११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

सरकार लाचार भएकाले तराईमा समस्या बढ्यो, सरकार नसच्चिए कांग्रेस चुप बस्दैनः सभापति देउवा


४ साउन, इटहरी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराइका बाढी पीडितको दुःख हेरेर आएको भन्दै सरकारले केही गर्न नसकेको बताएका छन । उनले मधेस डुबानमा परेको बेला सरकार चुप लागेर बसेको आरोप पनि लगाए । शनिबार बिहान नेपाल प्रेस युनियन इटहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार लाचार भएकाले तराईमा समस्या बढेको बताए ।

आफू मधेसका विभिन्न स्थानमा घुमेर आएको र त्यहाँका जनता अत्यन्तै समस्यामा रहेको सभापति देउवाले बताए । उनले सरकारले पीडित जनताको घाउमा मलम लगाउने काम नगरेको, डुबानको दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल समेत नगरेको टिप्पणी गरे ।  उनले सरकार नसच्चिए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार ११:५३