१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

सेवाग्राहीसँग लिएको ५० हजार घुससहित सव–इञ्जिनीयर श्रेष्ठ पक्राउ


४ साउन, लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार सेवाग्राहीसँग लिएको घुससहित सिरहाको गोलबजार नगरपालिकाका सव–इञ्जिनीयर उमा श्रेष्ठलाई पक्राउ गरेको छ । सेवाग्राहीसँग लिएको रु.५० हजार घुससहित गोलबजारकै एक होटलबाट सव– इञ्जिनीयर श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीलाई होटलमा बोलाएर घुस लिएपछि सव–इञ्जिनीयर श्रेष्ठलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार बर्दिवासका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो । घुस दिने सेवाग्राहीको नाम अख्तियारले गोप्य राखेको छ । पक्राउ परेका सव– इञ्जिनीयर श्रेष्ठलाई आवश्यक कारवाहीका लागि अख्तियारको बर्दिवास कार्यालय लगिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार ११:३९