७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

१० वर्षीया बालिकालाई ट्वाइलेटमा लगेर बलात्कार गर्ने ओखलढुङ्गा अम्बरबहादुर मगर पक्राउ


४ साउन, ओखलढुङ्गा । बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएका बेला मगरले बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी उजुरीका आधारमा उहाँलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

मगरले बालिकालाई प्रलोभनमा पारेर गत असार ३० गते शौचालयमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ ।  पक्राउ परेका मगरलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान थालिएकोे जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । रासस

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार ११:२७