१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

भप्सी खोलामा बाढी, अस्थायी डाइभर्सन बन्द, पूर्व–पश्चिम राजमार्ग अबरूद्ध


४ साउन, काठमाडाैँ । महोत्तरीको बर्दिवासमा भप्सी खोलामा बनाइएको अस्थायी डाइभर्सनमा बाढी आएपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरी खण्डमा अहिले गाडी चल्न सकेका छैनन् । प्रहरीका अनुसार गत हप्ता आएको बाढीले भप्सीखोलाको पुल बगाएपछि अस्थायी डाइभर्सन बनाएर गाडी सञ्चालन हुँदै अाएको थियो ।

बिहान ७ बजेतिर बाढी आएपछि अहिले सवारी वारपार हुन सकेको छैन । पानीको बहाव घटेपछि मात्रै गाडी चलाउन दिने प्रहरीले जनाएको छ । यसैगरी काठमाण्डौबाट फाखेल र सिस्नेरी हुँदै हेटौंडा जाने छोटो बाटो खुलाउन अझै समय लाग्ने भएको छ ।  नुवाकोट जाने मुख्य मार्ग पासाङ्ल्हामु सडक भने पहिरो सफा गरेर सञ्चालनमा ल्याइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार ०८:२९