७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बलिउडका चर्चित बाल कलाकार शिवलेख सिंहको सडक दुर्घटनामा मृत्यु


३ साउन, एजेन्सी । बलिउडका बाल कलाकार शिवलेख सिंहको सडक दुर्घटनामा मृत्यु भएकाे छ । भारतको राजधानी नजिकै भएको सडक दुर्घटनामा परी बलिउड तथा टेलिभिजनका चर्चित बाल कलाकार १४ वर्षिय शिवलेख सिंहको मृत्यु भएको छ ।

बिहिबार दिउँसो आफ्नाे परिवारसँग कारमा यात्रा गरिरहेका शिवलेख चढेको कार ३ बजे ट्रकसँग ठोक्किएकाे र उनकाे घटनास्थमा नै मृत्यु भएकाे भारतिए सञ्चार माध्यमले जनाएका छन् । शिवलेखका बुवा शवेन्द्र सिंह र आमा लेखना सिंह गम्भीर अवस्थामा अस्पतालमा भर्ना छन् ।

शिवलेखले जी टिभीको इन्डियाज बेस्ट ड्रामेबाज, सोनी टिभी संकटमोचन हनुमान, कलर्स टिभीको ससुराल सिमरका, सब टिभीका खेलाडी, बालवीर, श्रीमान जी श्रीमती जी, बिग म्याजिकको अकबर–बिरबलमा अभिनय गरिसकेका छन् । उनी रेमो डिसुजाको फिल्ममा पनि काम गरिरहेका थिए । यसको ९० प्रतिशत सुटिङ भइसकेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार १२:५७