६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

नायक अक्षय कुमारले गरे बाढी पिडितलाई २ करोड आर्थिक सहयोग


२ साउन, काठमाडाैँ । बलिउडका चर्चित एवं लोकप्रिय नायक अक्षय कुमारले देशप्रतिको  जिम्मेवारी बहन गर्दै बाढी पीडितहरुका लागि २ करोड आर्थिक सहयोगको घोषणा गरेका छन् । भारी बर्षाको कारण भारतका विभिन्न जिल्लाहरु प्रभावित बनेकाे बेला,  कयौँ मानिसहरु बिस्थापित भएकाे बेला उनै बिस्थापितहरुका लागि अक्षयले फेरी ठुलो आर्थिक सहयोगको घोषणा गरेका हुन् ।

उनले असम राज्यका बाढी पीडितहरुका लागि २ करोड भारु सहयोगको घोषणा गरेका हुन् । उनले ट्वीटरमार्फत उक्त जानकारी दिँदै १ करोड मुख्यमन्त्री राहत कोषमा र अर्काे १ करोड काजीरंगा नेशनल पार्कको रेस्कूयका लागि दान दिने घोषणा गरेका हुन् । यसअघि पनि उनले यस्ता सामाजिक कार्यका लागि आर्थिक सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार २१:३९