७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

धनगढी विस्फोटमा विप्लव समूहको संलग्नता, घाइते मध्ये एक जना विप्लव समूहकै कार्यकर्ता


२ असार, काठमाडौं । कैलालीको धनगढीमा आत्मघाती बिस्फोट भएको छ । बिस्फोटक पदार्थ अोसार्नेक्रमा बिस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कैलालीको धनगढी उपमहानगर–३, शहीद गेटमा भएको शक्तिशाली बम विष्फोटमा विप्लव समूहको संलग्नता रहेको प्रहरीले आशंका  गरेको छ । बिहीबार साँझ भएको बम विस्फोटमा ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार घटनास्थलमा ९ एमएमको पुरानो चाइनिज पेस्तोल समेत भेटिएको छ । विस्फोटमा घाइते भएका बझाङका राम सिंह विप्लव समूहको कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । बिस्फोटमा सिंहसँगै कञ्चनपुरको बेलौरी–५ का मोबिन खान, जितेन्द्र यादव, लक्ष्मण सेरला र धनगढी–४, बोराडाडीका केशवराज पाण्डे रहेका छन ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार २१:३४