१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

४ बालबालिका माछा पोखरीमा डुबे


२ साउन, भियतनाम ।  भियतनामको मध्य प्रान्त खान्ह होआमा बुधबार माछा पोखरीमा डुबेर चार बालबालिकाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमले बिहीबार उक्त जानकारी दिएका छन् । खान्ह भिन्ह जिल्लामा रहेको यस पोखरीमा नुहाउन गएका तीन बालक र एक बालिका गहिरो खाल्डोमा डुबेका थिए । यी चार बालबालिका नजिकका आफन्त भएको समाचारमा जनाइएको छ ।

भियतनाममा बालबालिका डुबेर मर्ने घटनाक्रम एक महामारीको रुपमा रहेको र यहाँ प्रत्येक वर्ष दुई हजारभन्दा बढी बालबालिका डुबेर मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । दक्षिण पूर्वी एशियाका अरु देशको तुलनामा बालबालिका डुबेर मर्ने घटना भियतनाममा १० गुणा बढी हुने गरेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार २०:४७