१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

न्याय परिषद्ले गर्याे एकैपटक २४० न्यायाधीशको सरुवा


२ साउन, काठमाडाैँ । न्याय परिषद्ले एकैपटक २४० जना न्यायाधीशको सरुवा गरेको छ । बिहीबार बसेकाे न्याय परिषद्को बैठकले उच्च अदालत, जिल्ला अदालत र विशेष अदालतका न्यायाधीशहरुको सरुवा गरेको हो ।

उच्च अदालतका  ८७ जना न्यायाधीशको सरूवा भएका छन् । त्यस्तै जिल्ला अदालतका १५६ जना न्यायाधीशको सरुवा भएको छ । त्यसैगरी अब विषेश अदालतमा ६ जना न्यायाधीश हुनेछन् । अध्यक्षमा शिवराज अधिकारी छन् भने सदस्यहरुमा कृष्ण गिरी, बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा, चन्द्रबहादुर सारु र रवि शर्मा अर्याल आएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार १९:१३