११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

सुन्दर पर्यटकीय गन्तव्य रारा


–सूर्य थापा
आज राष्ट्रिय ताल संरक्षण विकास समिति सिंगै यस सुन्दर पर्यटकीय गन्तव्य रारामा आएको छ । सोट्टो नेपालको नेतृत्वमा करिब २५ जना व्यवसायी र पत्रकारसहितको टोली काठमाडौदेखि उडेर होइन, गुडेर यहाँ आइपुगेको छ । पर्यटन बोर्ड र तारा गाउँ विकास समितिका प्रतिनिधि र विभिन्न क्षेत्रका व्यक्तित्वहरुसमेत यहाँ हुनुहुन्छ । अगाडिका वक्ताहरुले सम्बोधन गर्नुभएको हुनालेम सबैलाई सम्बोधन गर्नतिर लागिनँ !

सूर्य थापा

यहाँ आज धेरै क्षेत्रको प्रतिनिधित्व छ र रारामा यस ढंगले सरोकारवाला संघसंस्थासहित व्यवसायीहरुसहित, राजनीतिक नेतृत्वसहित सुरक्षाकर्मीसहित यसखालको छलफल सायदै भएको थियो होला ! महोत्सवहरुभए होलान्, अरु प्रयाश पनि भए होलान् ! नेपाली सेनाले सिङ्गो गुल्म यहाँ राखेर रारा राष्ट्रिय निकुञ्जलाई सुरक्षा प्रदान गरेको छ । सेना आफ्नो मान्यताअनुसार चल्छ । सेनाले राष्ट्रिय निकुञ्जलाई राराको पर्यटन विकासको आँखाले मात्र हेर्दैन, देशभरिको संरक्षण र सुरक्षाको आँखाले हेर्छ । देशभरि राष्ट्रिय निकुञ्जहरुको जिम्मा नेपाली सेनालाई छ । उसले आफ्नो एउटा मान्यता बनाएको छ, त्यसैअनुसार काम गर्छ । बन मन्त्रालयले यहाँ एउटा कार्यालय राखेको छ । ऊ आफ्नो नीति नियमअनुसार चल्छ । सँगसँगै स्थानीयबासीले आफ्नो लागि प्रतिफल, हित र न्याय खोज्छन् नै । स्थानीयहरुले यहाँ विभिन्न समितिहरु बनाएको स्थिति छ । रारा विकास समिति बनाएर क्रियाशील एकजना भाइले अघि आफ्नो सरोकार स्पष्टै भन्नुभयो । अरु पनि विभिन्न किसिमले क्रियाशिल रहेको स्थिति यहाँ छ ।

 

यो सबै सन्दर्भको एउटै ध्येय के हो भने हामी राराको सुन्दर फोटो खिची तस्विर अपलोड गरेर रमाउनका लागि यहाँ आएका होइनौ । यसको सुन्दरता हेरेर एकदम दंग पर्नका निम्ति पनि हामी यहाँ आएका होइनौं । हामी इतिहासतिर फर्केर के भयो भन्दै इतिहासको यहाँ संस्मरण गर्न मात्रै पनि आएका होइनौं । हामी रारालाई दुहुनो गाइ बनाउन पनि यहाँ आएका होइनौं । प्रचलित भनाइ नै छ – जुन गाइले दूध दिन्छ,त्यसैलाई बढी घाँस हालिन्छ । रारालाई देशको विकास, समृद्धि र पर्यटन क्षेत्रको राष्ट्रिय आवश्यकतामा योगदान गर्ने गन्तव्य बनाउनुपर्छ । त्यसका निम्ति सबैले सामुहिक पहल गर्नुपर्छ भनेर हामी यहाँ आएका हौं ।

रारालाई यसभन्दा अगाडि कसैले स्वर्गकी अप्सराको उपमा दिए भने पाइन्छ । हामीस्वर्गकी अप्सराको उपमा दिएर दंग परी फर्कन पनि चाहन्नौं । यसलाई धर्तीकी अप्सरा, कर्णालीकी अप्सरा, नेपालकी अप्सरा र हाम्रो भाग्यभविष्यसुखद बनाइदिने अप्सरा बनाउन चाहन्छौं । यसका निम्ति मसिनो ढंगले छलफल गरौं भनेर यहाँ आएका हौं । र, रारा किनारमा यो छलफल गरेका छौं । तपाईहरुले यस कार्यक्रमको उद्देश्यअनुरुप जुटाएको यस जमघटलाई कति बुझ्नुभयो ? मैले वक्ताहरु सबैका महत्वपूर्ण कुरा टिपेको छु । हामी कर्णालीपछि परेको छ भनेरत्यसनिम्ति आँसु चुहाउन पनि यहाँ आएका होइनौं । कर्णाली आफ्नो रफ्तारमा अगाडि बढिरहेको छ, हिमा र तिला नदी आफ्नै रफ्तारमा बगिरहेका छन् ।यो हामीलाई राम्रोसँग अवगत छ ।

अहिलेको यो टिम रारामा पर्यटनको कसरी व्यवसायिक प्रबद्र्धन गर्न सकिन्छ भन्ने सरोकारका साथ यहाा आएको छ । संयोगले यही रारा राष्ट्रिय निकुञ्ज बनेपछि विस्थापित भएरबाँकेको चिसापानीमा स्थापित गरिएको बस्ती अर्थात् राराबासदेखि रारासम्मको यो अभियान संचालन गर्दै र राष्ट्रिय ताल संरक्षण विकास समितिको बैठक पनि यहाँ गर्ने रयो आधुनिक डुंगा हस्तान्तरण गर्ने लगायतका कार्यक्रमका साथ यो कार्यक्रम यहाँ आयोजना गरिएको छ । छुट्टाछुट्टै रुपमा त १, ४ र २८ गते गर्न सकिन्थ्यो । तिनलाई संयोजन गरेर ४ गते यहाँ यो कार्यक्रम व्यवस्थित गरिएको छ ।

धेरै क्षेत्रका धेरै महत्वपूर्ण व्यक्तिहरु यहाँ आएर छलफल गर्नुको मतलब तपाईहरुले धेरै ठूलाठूला कुरा गरेको नभन्नुहोला । जुत्ताले कहाँ दुखाउँछ भन्ने कुरा लगाउनेलाई थाहा हुन्छ । त्यत्ति थाहा होस् भनेरैहामी सडकमार्ग भएर यहाँ आएका छौ । जुत्ताले कहाँनेर दुखाउँछ ? रारा पुग्दाका दुःखहरु केके छन् ?रारामा उल्लेख्य संख्यामा पर्यटकहरु आए भने त्यसको लाभ तपाईंहरुले उठाउनुहुन्छ कि सिंगो कर्णालीले उठाउँछ कि ६ नं प्रदेशले उठाउँछ भन्ने आँखाले मात्र होइन, देशले नै फाइदा कसरी उठाउँछ भन्ने छलफल गर्न हामी यहाँ जुटेका हौं । यहाँ विभिन्न संयन्त्रहरु बनेका छन्, मैले धेरैका कुरा सुनें । म व्यक्ति–व्यक्तिका कुरामा टिप्पणी गर्न चाहन्नँ । तर कतिमात्रै कुरा हो भने हरेकले आफुले थामेको आकाशर टेकेको जमीनमा इमानका साथ काम गर्ने हो । यसढंगले हामीले धेरै काम गर्न सक्छौं । कुरा आकाश पातालको गर्ने, तर काम ढलेको सिन्को पनि ठाडो नपार्ने प्रवृति विद्यमान रहेको कारणले नै राराको प्रबद्र्धन र विकास उचित रुपमा हुनसकेन र भएन ।

मैले ६ नं प्रदेशका प्रत्येक जिल्लामा भन्दै आएको छु । अरु ठाउँमा पनि भनेको छु । यो रारा बनाउने कि नबनाउने भन्ने मुगुबासीहरुले, मुगुका राजनीतिक दलले, मुगुका संचारकर्मीले, मुगुका प्रशासनिक प्रमुखहरुले, मुगुका जनसमुदाय र सरोकारवालाले अन्तिम निर्णय गर्ने हो । तपाईहरुले एकताबद्ध भएर यो काम गर्नुहोस । गुनासो मात्र नपोख्नहोुस् । गुनासो पोखेर मात्रै केही बाटो देखिन्नँ । यहाँ केके गर्नुपर्छ, साझा धारणाका साथ गर्नुहोस् भन्ने कुरा म शुरुमै राख्न चाहन्छु ।

पोखराको लेक साइटमा पहिले भैंसी चर्थे । अहिले त्यहाँका भैंसी पनि अंग्रेजी बोल्छन् । यो स्थिति त त्यहाँ मानिसले बनाएर र पौरख गरेर नै संभव भएको हो । एकाएक र रारारात पर्यटनको विकास हुन्न । अरुखाले विकास र पर्यटनको विकास फरकफरक चीज हो भन्ने बुझेर नै हामीहरु अघि बढ्न सक्नुपर्दछ ।

तपाईहरुले एउटा बाटो निर्माण गर्ने भन्नुभयो । मानौं, पिनादेखि मिलीचौरसम्म बाटो बनाउने भन्नुभयो भने निश्चित बजेट विनियोजन भयो भने कस्तो बाटो बनाउने? कालोपत्रे बनाउने कि ग्राभेल बनाउने ? ट्रयाक मात्रै खोल्ने कि के गर्ने ?निर्धारित र निश्चित काम हुन्छ । तर पर्यटन क्षेत्रको काम बाटो बनाएजस्तो सहज होइन । नतिजा रारारात ल्याइहाल्ने वा निश्चित अवधिमा ल्याउनेखालको पनि होइन । लामो र निरन्तरको प्रयाशबाट वातावरण सिर्जना गर्दै अछि बढ्नुपर्ने हुन्छ ।
एउटा कविता वाचन गर्ने मान्छे जसरी कवि हुदैन । जीवनभर कविता लेख्ने र वाचन गर्ने साधक मात्र कवि हुन्छ । त्यस्तै पर्यटन क्षेत्रमा पनि एकदुईवटा फाँइफुट्टी कुरा गरेर मात्रै सफल पर्यटनकर्मी हुन सकिदैन । त्यसरी त पैरवीकर्तासमेत हुन सकिन्न । यो क्षेत्रको नेतृत्व तझन् गर्नै सकिन्न । जीवनभर पैरवी गर्नुहोस् । व्यवसाय गर्नुहोस् । जनतालाई केन्द्रमा राख्नुहोस् र नठग्नुहोस् । पर्यटन क्षेत्रलाई अगाडि बढाउने गरी जीवन समर्पित गर्नुहोस् । तबमात्रै राराको प्रबद्र्धन अगाडि बढ्छ । अरुअरु ठाउँकोप्रबद्र्धनको काम पनि यसै गरेर अघि बढ्छ ।

यहाँ ताल संरक्षण र विकास समितिले राराको पूर्वाधार बनाइदेओस् भन्ने अपेक्षा छ । यसले एउटा डुंगा दियो । यसको बर्कत र जेजति बजेट छ, त्यसहिसाबले एउटा डुंगा दिनु पनि धेरै ठूलो उपलब्धि र काम हो । ताल विकास समितिको वार्षिक बजेट कति छ? कस्तो बोर्ड छ ?यसले गठन आदेशअनुसार कति काम गर्न पाएको छ ? भूकम्प र नाकाबन्दीको क्षति र असरका कारण अरु ठाउँमा बजेट लैजानुप¥यो भनेर यसको कति बजेट घट्यो ? कति घटेन ?जबकि देशभरिका ५ हजार ३ सय ५८ वटा तालहरुको संरक्षण र विकासलाई यसले आफ्नो कार्यक्षेत्रको दायराभित्र ल्याएको छ । तीमध्ये देशको एक नम्बर तालमध्येमा नै राराताल पर्ला । तर समितिले त देशभरि नै ध्यानकेन्द्रित गर्नुपर्ने स्थिति होला ! तैपनि रारालाई शिरमा राखेर समितिले यो खालको काम गरेको छ । यसका निम्ति म ताल संरक्षण विकास समितिलाई धन्यवाद दिन चाहन्छु । यहाँहरुले पहिलोचोटी समितिको बोर्ड बैठक नै यहाँ गरेर अन्तराष्ट्रिय ताल सम्मेलन नेपालमा गर्ने निर्णय र घोषणा गर्दै हुनुहुन्छ ।

म मुगुका पूर्व सांसद चन्द्रबहादुर शाहीलाई यहाँ देखिरहेको छु । उहाँले ताल्चा विमानस्थल निर्माणको २२ वर्ष लामो कथाव्यथा बताएर त्यसको वैकल्पिक पहलकदमीको कुरा गर्नुभयो । धेरैले ताली पनि बजाउनुभयो । अरुले गरिदिएर पर्यटनको विकास हुन्न । तर एउटा व्यक्तिले गर्दा नै धेरै फरक पर्छ । घलेगाउँ एउटा गाविस अध्यक्षले पहल गरेर आज देशभरि र अन्तर्राष्ट्रियरुपमा समेत (तपाईहरुलेगुगलमा सर्च गर्नुभयो भने पनि) जहाँतहीँ भेटिन्छ । त्यो एकजना प्रेमबहादुर घलेको पौरखको परिणाम हो । यहाँ मुगुमा कोही प्रेमबहादुर घले निस्किनुहोस । किनभनें काम गर्ने त आफैंले हो । एउटा नगरपालिकाका प्रमुख डोरमणि पौडेलले सहिद स्मृति पार्क बनाएकोमा हेटौंडामा आज बर्षेनी ७ लाख मान्छे पार्क हेर्न मात्रै जान्छन् । आफ्नै आम्दानीले त्यो आत्मनिर्भर भएर चलेको छ । देशका प्रमुख गन्तव्यमा देशभरिकै कुरा गर्दा७ लाख पर्यटक पुगेको पाइदैन । त्यहाँ (हेटौडा)मा त आन्तरिक पर्यटकका रुपमा ७ लाख मानिसहरु जान्छन् । यो खालले त्यहाँको विकास भएको छ । अब यी धेरै कुराहरुको जानकारीका साथआफूलाई केन्द्रमा राखेर मैले यो योगदान गर्छु भनिकन पहल, प्रयाश र योगदान गर्न हामीहरु अग्रसरबन्न सक्नुपर्दछ ।

पूर्वाधार निर्माण गर्ने सरकारको काम हो । अर्थात्, पूर्वाधार सरकारले नै बनाउनुपर्दछ । अरुले बनाएर त्यो संभव हुन्न । मूलतः पूर्वाधार सरकारले नैयोजनाबद्ध ढंगले बनाउनुपर्छ । पूर्वाधार बनाइसकेपछि त्यसको बजारीकरण गर्ने, बेच्ने,पर्यटकहरु भित्र्याउने र प्रबद्र्धन गर्ने सबै काम व्यवसायीहरुले नै गर्ने हो । व्यवसायीले जहाँ एउटा ज्ञानआधारित व्यवसायिक काम हो,समाजसेवा होइन । कसैले पनि पर्यटनमा लागेर मठूलो समाजसेवी हुन चाहन्छु भनेको छ भने यो भ्रमबाट मुक्त हुनु उचित होला । दुई पैसा आम्दानी हुनेगरी पूर्वाधार बनाउने कामको पैरवीगर्न र यो क्षेत्रमा लागेर आम्दानी गर्न लाग्नुहुन्न भनें तपाईहरु पर्यटन क्षेत्रमा लाग्दै नलाग्नुहोस् । यस ढंगले, अर्थात् प्रतिफलयोग्य कामको क्षेत्रका रुपमा पर्यटन क्षेत्रलाई हेरिनुपर्छ । पार्टीको राजनीति गरेजस्तो, गैरसरकारी संस्था चलाएजस्तो, अरु विभिन्न ठाउँमा लागेजस्तो पर्यटन क्षेत्रमा भावनाले मात्रै काम चल्दैन,समर्पित व्यवसायी नै हुनुपर्छ । यहाँ धेरै कुरा अगाडि आएका छन् । यसका संवेदनशीलताको पक्षमा तपाईहरुले धेरै कुरा राख्नुपर्छ र राख्नुभएको छ । ध्यान दिने निकायले ध्यान दिनेगरी नै राख्नुभएको छ । यसको परिणाम भविष्यमा अवश्य नै सकारात्मक देखिनेछ ।

रारा ताल अर्थात् एउटा ताल मात्रै हेर्न यहाँ कति पर्यटक आउँछन् ? मैले जुम्ला र यहाँको भौगोलिक अवस्थिति हेरें । विभिन्न ठाउँमा हामीले बाटोभरि छलफल गर्दै यहाँ आयौं । तपाईहरुले कर्णालीको सिंगो पर्यटनको संभावनालाई पर्गेल्न सक्नुभएन भने रारा ताल मात्रै हेर्न आउने मानिस बहुतै थोरै हुने छन् । यसलाई एकअर्का गन्तव्यमा जोड्नुभयो भने मात्रै मध्यपश्चिम नेपालको यस राराताललाई केन्द्रित गरेर वा कर्णालीको पर्यटन विकासलाई केन्द्रित गरेर यो क्षेत्रको पर्यटन धेरैको लागि बिक्री र प्रबद्र्धनयोग्य हुनेछ । जुन प्याकेज तपाईले धेरै बेच्न सक्नुहुनेछ । त्यसढंगले यसको व्यापक प्रबद्र्धन हुने निश्चित छ ।

जुम्ला आएका पर्यटकका निम्तिनयाँ ट्रेकिङ रुट प्रबद्र्धन गरेर अगाडि बढ्न संभव भयो भने अर्थात् पातरासी र काञ्जिरोवा हिमालको बेसक्याम्पसम्म ट्रेकिङ रुट व्यवस्थित भयो र अन्तर्राष्ट्रियरुपमा बिक्रीयोग्य भयो भने मात्रै विदेशका साहसिक र पर्वतीय पर्यटनको आकर्षणले नेपाल आउने मानिसहरु कर्णालीमा आउनेछन् । नत्र हाम्रो सिंजा राम्रो छ, हाम्रो जुम्ला राम्रो छ र हाम्रो रारा राम्रो छ भनेर मात्रै कोहीपर्यटक यहाँ आउनेवाला छैनन् ।

दुनियाँमा कसैले गरेर केही अवश्य भएको छ । एरिक भ्यालीले क्याराभान बनाएको, माथिल्लो डोल्पाको परम्परागत नुन व्यापारको बारेमा बनाएको त्यही एउटा फिल्म क्याराभानले डोल्पाको एउटा सामान्य पात्र ठिन्लेलाई राष्ट्रिय हिरोका रुपमा स्थापित गर्न सकेको थियो । त्यस फिल्मले ओस्कार अवार्डसमेत जित्यो । कर्णालीमा त्यो सम्भावना त पहिले नै थियो । एरिक भ्याली नामक फ्रान्सेली नागरिकको ध्यान त्यहाँ पुग्यो । हामी नेपालीले केही गर्न सकेको स्थिति थिएन । यसैगरी केही गरेर नै प्रचार, विकास र प्रबद्र्धन हुने हो । मरिस हर्जोगले सन् १९५० मा अन्नपूर्ण चढेपछि नेपाल र विश्वका हिमाल चढ्न सकिने रहेछ भन्ने प्रचार भयो । उनले अन्नपूर्ण नामक किताब लेखे । त्यो किताब पढेर धेरै फ्रान्सेली र युरोपेलीहरुको यहाँ ओइरो लाग्यो । त्यसपछि नेपालका हिमालहरु चढ्नेक्रम अघि बढ्यो । जबकिहिमालहरु त पहिलेदेखि नै छँदैथिए । १९५० अछि किन कोहीआरोहण गर्न आएनन्? सगरमाथाको चुचुरोमा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले १९५३ मे २९ मा जब सफल आरोहण गरे, तब हाम्रो सगरमाथा संसारको सर्वोच्च शिखर हो भन्ने कुराको व्यापक प्रचार शुरुवात भयो । त्यसपछि सगरमाथा चढ्न आउनेहरुको कति ठूलो संख्या बढिरहेको छ ?आज सगरमाथा चढ्नेहरुले तिर्ने सलामी दस्तुरको रकम राज्यको आम्दानीको महत्वपूर्ण स्रोत भएको छ । यही ढंगले गन्तव्यहरुको प्रबद्र्धन गर्ने हो । तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथा चढेपछि धर्मराज थापाले हाम्रो तेञ्जिङ नोर्गेले चढ्यो हिमाल चुचुरो … भन्ने गीत देशभरि गुञ्जायमान नपारेको भए हिमाल चढ्ने काम सोलुखुम्बुका केही शेर्पाहरुको मात्रै जानकारी र जिविकाको विषय हुन्थ्यो होला ! विदेशीहरुमाझ त यसको धेरै फरक बुझाइ थियो नै । उनीहरु साहसिक पर्यटन र पर्वतीय पर्वतारोहणका हिसाबले संसारको चुचुरोबाट संसार नियाल्न फरक ढंगले आकर्षित हुन्थे नै होलान् । तर नेपालीहरुको सन्दर्भमा हेर्दा– विसं २०५० को दशकसम्म नेपाली शेर्पाहरु मात्रैविदेशीहरुका साथ सगरमाथा चढ्ने स्थिति विद्यमान थियो । तर अहिले कीर्तिमानका कुनै कुराहरु बाँकी छैनन् । जुनसुकै जातजाति, धर्म र संस्कृतिका मानिसहरु चढ्न थालेका छन् र सगरमाथा चढ्ने अनेकन् कीर्तिमान कायम भएको अवस्था छ ।

हामीले हिजो भुलभुलेमा ३ वटा मोटरसाइकलमा बडो कष्टसाध्य रुपमा २÷२ जना व्यक्तिबसेर धादिङदेखि रारा घुम्न आएको भेट्यौं । उहाँहरुले राराको बारेमा जे सुन्नुभएको छ, त्यसबाट आकर्षित भएरैमोटरसाइकलमा यहाँसम्म त्यसरी आउनुभयो । अलिक ढिलो अर्थात् ६ बजेभन्दा पछि भएर सैनिक पोष्टबाट अगाडि बढ्न सक्नुभएन । भोलि हामी बिहान जान्छौं भन्दै हुनुहुन्थ्यो । सायद आज उहाँहरु यहाँआउनुभएकोे होला । धादिङदेखि मोटरसाइकल चढेर रारा आउनेहरु मात्रै होइन, धनकुटादेखि मोटरसाइकल चढेर यहाँ आउनेहरु पनिभेटिन्छन् । यस्तो दुःख उठाउने, यसढंगले साहसिक र जोखिमपूर्ण रुपमा रारा आइपुग्न चाहनेहरुको भावना र कष्टसाध्य प्रयाशको हामीले प्रशंसा र कदर गर्नुपर्छ ।
बाटोका हिसाबले भन्ने हो भने हामीलाई नै तपाईहरु यहाँ कसरी आएको भन्नुहोला । हामी यो कार्यक्रमको लागि उडेर रारा आउने पर्याप्त विकल्प थियो । आयोजकले त्यो विकल्प भन्नुभएकै थियो । तर हामी गुडेर यहाँ आएका छौं । सडकमार्गमा गुडेर वा गाडीमा रारा आएका छौं । यसको मतलव केहो भने राराबासबाट हामी रारा, खासगरी ६ नं. प्रदेशको पर्यटनलाई केन्द्रित गरेर सुर्खेत, दैलेखको गुराँसे, कालिकोटको मान्म, जुम्लाको सदरमुकाम खलंगा र सिँजा हुँदै हामी मुगुको पिना गाविसमा आएर बस्यौं । त्यसपछि आज रारा आइपुगेर यो छलफलमा जुटेका छौं । यो अन्तक्रिया गरेर हामी यहाँबाट फर्कंदैछौं ।

व्यस्तता धेरैको धेरैखाले हुनसक्ला। भोलिदेखि पार्टी केन्द्रीय कमिटीको बैठक चल्दैछ । व्यस्त कार्यतालिका बनाएर हामी यहाँ आएको थियौँ । आज हवाइजहाज उडेको देखिएको छैन । छ महिनामा एकपटक बस्ने बैठक छाडेर पनि हामी यहाँ उपस्थित छौं । कसले कुन कार्यक्रमलाई कति महत्व दिने ? दिलदेखि नै कसले कति महत्व दियो ? कति ओठदेखि र कति मनदेखि नै महत्व दियो ? यी यावत् कुराहरुलाई हामीले ध्यान दिनुपर्छ ।

व्यवसायीले आफ्नै हिसाबले मात्र हेर्ने, सुरक्षाको जिम्मा लिएका सुरक्षाकर्मीले आफ्नै आँखाले मात्र हेर्ने, स्थानीयले आफनो नाफा र हितको हिसाबले मात्र हेर्ने, वार्डेनले केवल संरक्षण र आफ्नो मन्त्रालयको निर्देशनकाहिसाबले मात्र हेर्ने – अब यसरी होइन, तालले संरक्षणको हिसाबले मात्र नभएर एकीकृत हिसाबले राराको प्रबद्र्धन र बजारीकरण गर्ने, धेरैभन्दा धेरै मानिसहरु मुगु, गमगढी, पिना, खत्याड र मर्माटपमा आउने स्थिति बनाउन लाग्नुपर्छ । भुुलभुलेमा होमस्टेको संभावना र खाँचो छ, त्यसको व्यवस्था मिलाउनुर्छ।यहाँको होमस्टे प्रेमबहादुर घले आएर चलाइदिने होइन, तपाईहरुले नै जहाँ सम्भव छ, त्यहाँबनाउने र चलाउने हो । राजा महेन्द्रले यहाँ रारामा के लेखेर महिमागान गरेका थिए ? उनी त छैनन् । उनको रारा महिमा र इतिहासको विरासतका सबै राम्रा चीजलाई बोकेर प्रबद्र्धन गर्नसक्ने, व्याख्या गर्नसक्ने, टूर गाइड तयार बनाउने, राराको बिशेष प्रबद्र्धन समूह बनाउने, टुर गाइडहरुलाई प्रबद्र्धनमा लगाउने– यी त यत्तिकै भनेर वा भजन गाउने तरिकाले हुने काम होइनन् । यो व्यवसायिक ज्ञानआधारित काम हो । पर्यटन विकास गर्न यससँग सम्बन्धित प्राविधिक ज्ञान चाहिन्छ । त्यसो भएको हुनाले टूर गाइड तयार गर्ने, होटल र रिसोर्टहरु विकास गर्ने व्यवसायिक प्रयाश अघि बढाउनु् अत्यावश्यक छ भन्नेमा म जोड दिन चाहन्छु । ठूला पाँचतारे वा डिलक्स होटलमा लगानी गर्न मानिसले नाफा हुन्छ कि हुन्न भन्ने हेर्छन् नै । समाजसेवाको हिसाबले हेरेर यो काम सफल र सम्भव हुदैंन । रारामा कसैले पाँचतारे होटल खोल्छ भने उसले आफ्नो लगानी डुब्छ कि उकासिन्छ, नाफा हुन्छ कि हुन्न भन्ने नै हेर्नुएकदम स्वभाविक हो । यहाँको कसैले टूर गाइड विषय पढ्नु÷पढाउनुभएको छैन । यहाँको जिल्लाबासी कोही दक्ष जनशक्ति भएको छैन भने मानौं यहाँ १० जना टुर गाइड जरुरी भए, भ्याकेन्सी खुल्यो र राज्यले अवसरको सिर्जना ग¥यो भने मुगुबासीले के फाइदा पाउँछन्?केही पाउँदैनन् । त्यसो भएर यतातिर ध्यानकेन्द्रित गर्नु अत्यावश्यक छ । मानौं, राम्रो पाँचतारे होटल खुल्यो रे, त्यसको लागि दक्ष जनशक्ति विकास गर्नेतिर ध्यान दिइएको छैन, पढाइएको छैन र जनशक्ति उपलब्ध छैन भने हामी कर्णालीका मानिस पछि प¥यौं भनेर मात्रै हुन्छ र ? पाँचतारे होटल र त्यसलाई चलाउने क्षमता भएको जनशक्ति त चाहिन्छ , त्यो क्षमता तपाईहरुले बनाउनुपर्छ । तबमात्र व्यवसायिक परिवेश तयार हुन्छ । यसमा तपाईहरुले समयमै ध्यान दिनुपर्छ ।

अरु धेरै कुरा मैले यहाँ भनिनँ । हाम्रो बलबहादुर महतजीले हिमपातका कारणले जुम्ला र जाजरकोट वारीपारी गर्दा दिवंगत भएका कुसे, मुसे, र चाखुरे तीन जना मानिसको नाम राज्यमन्त्री हुँदा सम्झिनुभयो । तिनीहरुको नाममा सिंगो कर्णाली प्रदेशकेन्द्रित गरेर पर्यटन प्रबद्र्धनकोकार्यक्रम अगाडि सार्नुभएको छ, उहाँलाई धन्यवाद छ ।यहाँको माथिल्लो डोल्पालाई नियन्त्रित क्षेत्रबाट खुल्ला नगरेसम्म डोल्पामा विदेशी पर्यटकहरु आउने अवस्था धेरै अगाडि बढ्दैन । नियन्त्रित क्षेत्र त अब खुल्ला गर्नुप¥यो । डोल्पा रहुम्ला जाने सुविधायुक्त ट्रेकिङ ट्रेल बनाउनुप¥यो । र, ५० हजार मानिस कोदारी राजमार्ग चल्दा काठमाडौबाट कोदारी भएरै मानसरोवर जाने भारतीय तीर्थयात्रीहरु थिए । भूकम्पपछि कोदारी राजमार्ग बन्द भएको छ । अहिले हेलिकप्टरबाट १० हजारको हाराहारीमा सिमीकोट हुँदै मानसरोवर जाने गरेको स्थिति छ । ४० हजार पर्यटकको त संख्या घट्यो नि !त्यसकारण यो संख्या बढाउन पनि ६ नं प्रदेशकेन्द्रित योजना बनाउनु जरुरी छ । र, त्यसको महत्वपूर्ण गन्तव्य यो रारालाई बनाउनुपर्छ । रारा तालको मात्रै विकास खोज्ने होे भने देशमा फेवा, रुपा, जगदीशपुर र २० हजारी लगायतका धेरै ताल छन् । एउटा रारा ताल आइरहन मानिसले सोचेजस्तो उत्सुकता नदेखाउन सक्छन् । एउटा ताल मात्रै हेर्ने विकल्प नेपालमा अरु धेरै हुनसक्छन् । यदियस रारा ताललाई केन्द्रित गरेर डोल्पा, हुम्ला र मानसरोवर, तिब्बतसम्मको रुटसँग जोड्ने कर्णालीको पर्यटनलाई जोड्न ध्यान दिन हो भने बहुआयामिक लाभको अवस्था सिर्जना गर्न सकिन्छ । पूर्वाधार विकासका हिसाबले यो कामको प्राथमिकता निर्धारण गरेर अघि बढ्नु आवश्यक छ ।

यस यात्राको क्रममा सुर्खेतमा जिल्ला विकास समितिले त्यहाँका अगुवाहरुसहित राम्रो छलफल आयोजना ग¥यो । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति त्यहाँ प्रमुख अतिथि रहनुभयो । उहाँले सिंगो कर्णाली प्रदेशको पर्यटनको विकास र प्रबद्र्धनमा केन्द्रित भएर महत्वपूर्ण प्रवचन दिनुभयो, त्यसमा गहन छलफल भयो । दैलेखको गुराँसेमा जिल्ला सदरमुकाम नै त्यहाँ सरेजस्तो गरी ४०÷४२ किलोमिटर टाढाबाट कार्यालय प्रमुखहरु त्यहाँ आउनुभयो ।त्यहाँ अत्यन्तै राम्रो छलफल भयो । मुगुका पार्टी नेता र साथीहरुले ध्यान दिनुहोला, दैलेखमा स्थानीय निकायले पर्यटन पूर्वाधार र विकासका सम्भावनाहरुलाई नजिकबाट र मसिनोसँग आत्मसात् गर्न खोजेको छ र एउटा पर्यटन विकास योजना नै बनाएको छ । यो प्रदेशमा हामी आएका जिल्लामा अरु कसैले त्यतिमसिनोसँग काम गरेका छैनन् । अरु त अरु धेरैले फोकल व्यक्तिसम्म तोकेका छैनन् । जिल्ला विकास समितिले सम्बन्धित संयन्त्रसमेत बनाएका छैनन् ः कालिकोट, सुर्खेत, जुम्ला र मुगु कसैले यो काम गरेका छैनन् । स्थानीय विकास अधिकारी आज यहाँ उपस्थित भएको भए गाउँदेखि नगर र जिल्लासम्म सिंगोरुपमा कसरी पर्यटन विकासमा स्थानीय निकायहरुलाई सहभागी गराउन सकिन्छ ? पर्यटन विकास, पूर्वाधार र प्रबद्र्धनका हिसाबले एकीकृतरुपमा केके गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल हुन्थ्यो होला ।

२४० जना माननीयलाई राज्यको बजेटबाट ३ करोड क्षेत्र विकास गर्न दिइएको स्थिति छ । जबकि यो ताल संरक्षण रविकास समितिको तीन करोड बजेट छैन देशभरि हेर्न । एउटा क्षेत्र हेर्न प्रत्यक्ष निर्वाचित सांसदलाई ३ करोड रुपियाँ विनियोजन गरिएको छ । यहाँ रारामा चाहिने डुंगाका लागि तालसंरक्षण र समितिले करिब ११ लाख रुपियाँ बराबरको डुंगा दिएर एउटा राम्रो सुरुवात ग¥यो । यो वर्षको बजेटबाट यो जिल्लाका माननीयले चाहिनेजति डुंगा यहाँ उपलब्ध गराएको भए कति जाति हुन्थ्यो होला ! यस्तो पर्यटन चेतनाको विकास गर्नु आवश्यक छ ।बजेट छुट्टयाउने भनेर तपाईहरुले नीति बनाउनुप¥यो । यस औचित्यमा केन्द्रित गरेर र भएर काम गर्नुप¥यो । बाटो बनाउने कुरामा देशैभरि अत्यन्तै उत्साहजनकरुपमा ध्यान दिएको पाइन्छ । हो, त्यस्तै ध्यान र उत्साह पर्यटन विकासमा दिन जरुरी छ । हरेकले आआफ्नो ठाउँको पर्यटन विकासको पैरवीकर्ता बनेर भूमिका निर्वाह गर्नु आवश्यक छ । तबमात्रै पर्यटनको व्यवसायिक परिवेश बनाउन सकिन्छ । र, पर्यटन विकासको काम अगाडि बढ्न सक्छ । अहिले हेर्दा जुम्लाबाट डोल्पासम्म पुग्न चौंरीकोटसम्म बाटो पुगिसकेको छ । डोल्पाछिट्टै मोटर बाटोले जोडिदंैछ । मुगुमा गमगढी–नाक्चेलाग्ना र चीन(तिब्बत)सम्म जोड्ने बाटोमा ध्यानकेन्द्रित गनुपरेको छ । मुगु,चंखेली भएर हुम्ला जाने बाटो बनिरहेको छ । यी तीनवटा बाटो स्तरीय रुपमा बनिसक्दा कर्णाली प्रदेशले लंकामा सुन छ, कान मेरो बुच्चै भनेजस्तो कान छाम्नुपर्ने स्थिति हुनेछैन । विद्यमान स्थितिबाटयहाँका जनताको जीवनस्तर धेरै माथि उठाउन संभव हुनेछ । रोजगारीका धेरै अवसर सिर्जना हुनेछन् र धेरै फरक अवस्था सिर्जना हुनेछ । अर्थात्, तपाईहरुको मुहार बदलिनेछ । यति कुरा मैले तपाईहरुमाझ राखेंकि सुन भकारीमा राखेर नुन खोज्न भौतारिने आजको अवस्थाकोनिरन्तरता रहिरहनेछैन ।
मन्त्री हुँदा र नहुँदा अथवा कुनै ठाउँमा पुग्दा र नपुग्दा फरक पर्दाेरहेछ । बलबहादुर महतले नै धेरै कुरा भन्नुभएको छ । यो ६ नं प्रदेशका मानिसले हामी पर्यटन विकासमा अवसर नपाएर पछि प¥यौं भन्नेकुनै ठाउँ छैन । किनभने अहिलेका पर्यटनमन्त्री हुम्लाबासी रहेको अवगतै छ । हामी सुर्खेतमा आयौं, यमलाल कँडेल पहिले पर्यटनमन्त्री नै हुनुभएको थियो । कालिकोटमा आयौं, खड्गबहादुर विश्वकर्मा पनि अघि पर्यटनमन्त्री नै हुनुभएको थियो । एकजना पर्यटन राज्यमन्त्रीलाई हामीले धेरै नम्र नमस्कार गरेर मुटुरोगी भइकन औषधी खाँदै उहाँ हामीसँगै मोटर बाटोमा गुडेर काठमाडौदेखि यहाँसम्म आउनुभएको छ ।जुम्लाका सांसद एवं पूर्वपर्यटन राज्यमन्त्री बलबहादुर महतले हामीलाई यो अभियानभरि साथ दिनुभयो । यसो गर्न अलिकति समर्पणत चाहिन्छ नै । जोसँग समर्पण छ, हामीले उसैको साथ लिने हो। जोसँग फुर्सद छैन, खोजी हिंड्ने जरुरत पर्दैन ।पार्टीका आफ्ना नीति, संस्थाका आफ्ना नीति र संगठनका आफ्ना नीतिहरु हुन्छन् । विभिन्न संरचना र निकायका आआफ्ना प्राथमिकता हुन्छन् । त्यसैअनुसार काम गर्ने गरिन्छ । सुर्खेतमा यामलाल कँडेललाई बोलाइएको नै हो, विप्लव नेतृत्वको माओवादीमा रहनुभएका खड्गबहादुर विश्वकर्मा कालिकोट आउनुभएको भए, प्रमुख अतिथिकै प्रस्ताव गरिएकै थियो । हामीले सबै ठाउँमा संयोजित रुपमा एउटा जागरण अभियान संचालनको हिसाबले बहसकै रुपमा प्रदेशभरि केही गर्नुपर्छ भनेर यो अभियान संचालन गरेका थियौं । ताल संरक्षण र विकास समितिले यहाँ समापनको अवसरमा यो सुन्दर कार्यक्रम आयोजना ग¥यो ।

तपाईहरुले सोट्टो नेपालको नाम यहाँ धेरै सुन्नुभयो । सोट्टो नेपाल भनेको टूर अपरेटरहरुको छाता संगठन हो । यसमा ट्राभल व्यवसायीहरु ऋाबद्ध छन् ।यामबहादुर खड्का कर्णाली अञ्चलको मानिस हुनुहुन्न । मधुसुदन उपाध्याय काठमाडौबासी हो, कर्णालीको नागरिक होइन । अरु कोही जनकपुर, विराटनगर, काठमाडौ र चितवन लगायतका ठाउँका स्थानीयबासी हुनुहुन्छ । उहाँहरुले आफ्नो खल्तीको पैसा खर्च गरेर, सडकमार्गबाट गाभरभ्याली अर्थात राराबासदेखि रारासम्मको पर्यटन प्याकेज कसरी बेच्न सकिन्छ ? कसरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई रारा पु¥याउन सकिन्छ ? कसरी सिंगो कर्णालीमा पर्यटकको आवागमन बढाउन सकिन्छ भन्ने हिसाबले यो जमर्काे गर्नुभयो । यो कुनै स्वार्थले गरिएको छैन । यो आइटीनरी तयार भयो भने मलाई लाग्छ, सोट्टो नेपालका २०० भन्दा बढी सदस्यह सबैले यस आइटीनरीलाई सबै आन्तरिक र बाह्य पर्यटकका लागि उपलब्ध गराउछन् । पछि यहाँ धेरैभन्दा धेरै पर्यटक आए भने व्यवसायिक हिसाबले सोट्टोको यस जमर्काेलाईसबैले धन्यवाद दिनेछन् ।

पर्यटकीय गन्तव्यको प्रबद्र्धन गर्ने यसरी नै हो । व्यवसायिक हिसाबले के गर्न सकिन्छ ?होस्टेमा थोरै हैंसे मिलाउने काम व्यवसायीहरुले गर्नैपर्छ । नीति निर्माणको तहमा भएकाले नीतिनिर्माणको काम गर्नुपर्छ । बजारीकरणमा भूमिका निर्वाह गर्ने सामथ्र्य भएकाले बजारीकरणको काम गनुपर्दछं । जिल्ला विकास समितिले पर्यटनमा कति ध्यानकेन्द्रित गर्ने हो ? वालुवामा पानी खन्याएजस्तो होइन, ठोस काममा केन्द्रित गरौं ! रारामा वालुवा भएको भए त यो विशाल ताल(पानी) जम्मा हुने थिएन । वालुवा नभएको यस ठाउँमा पनि बजेट लगाउँदा हुने थियो नि! यस खालका रचनात्मक प्रयाशहरु गर्न जरुरी छ । मैले यति कुरा यहाँहरुमाझ बडो विनम्रताका साथ राखें ।

ताल संरक्षण र विकास समितिको सन्दर्भमा अघि पूर्ण रोकायाजीले राख्नुभयो कि कार्यालय यहाँ राख्ने कि ताल भएको ठाउँमा राख्ने ?यो नेपाल सरकारको संरचना हो । सरकारको संरचनाका हैसियतमा धेरै समन्वयकारी काम बनदेखि विभिन्न मन्त्रालयहरुसँग गर्दै देशभरिफैलिएर काम गर्ने रहेको छ । यो काम ताल समितिले गर्ने भएको हुनाले प्रदेश संरचनामा भोलि यसको के संरचनागत स्थिति होला ? अहिले नै राष्ट्रियरुपमा यसको संरचना पोखरा सार्ने या कहीँ सार्ने, त्यसो गर्नसंभव होलाजस्तो लाग्दैन । हामीले सुझाव दिन सजिलो छ । तर जहाँ आवश्यक हुन्छ, त्यहाँ सार्ने कुनै ठूलो कुरा होइन । मुख्य कुरा यसले काम गर्छ कि गर्दैन ? परिणाम दिन्छ कि दिंदैन ? रिजल्ट निकाल्ने गरी काम गर्दा मात्रै यो संरचनाको अर्थ हुन्छ । यसले एक दशक बिताइसक्यो । राष्ट्रिय आवश्यकताले यो समिति प्रदीप ज्ञवाली पर्यटनमन्त्री हुँदा स्थापना भएको थियो । यसले राम्रो काम गरेन भने यो विघटन पनि हुन्छ । कुनै डराउनुपर्ने स्थिति छैन । तसर्थः यसको कार्यालय कहाँ छ र हुन्छ भनेर चिन्ता गर्नुपर्ने स्थिति प्रमुख छैन । काम गर्नुप¥यो । ताल विकास समितिले काम गरोस् यतातिर ध्यान दिएर लाग्नु जरुरी छ ।

राम्रो ढंगले पर्यटक आइदिएको भए अघि एकजना गायक कल्चे नेपालीले राम्रो गीत गाउनुभयो । हिजो हामी पिनामा बस्दा पनि जयकृष्ण नेपालीको गीत सुन्यौं । कल्चे र जयकृष्ण नेपालीका अत्यन्त सुमधुर गीत सुन्यौं । यस्ता प्रतिभा भएका गायकहरु पोखरा, धान्द्रुक, तातोपानीजस्ता पर्यटकीय ठाउँमा पर्यटकहरुलाई गीत सुनाएरैजस्तोकि पानको पात गीत… गाएरै शानका साथ जिविका चलाइरहेकापाइन्छन् । यहाँ पनि पर्यटकहरु आउने त्यसढंगको वातावरण हुने हो भने दुबैजना र अरुहरुलाई धेरै सजिलो परिवेश सिर्जना हुन्थ्यो । दुबैजनालेआफ्नो विशेष प्रतिभा र भावना प्रस्तुत गरेकोमा विशेष धन्यवाद दिन चाहन्छु ।

यो कार्यक्रममा तपाईहरु जसरी जुट्नुभयो, यो सबै प्रयाशलाई हामीले राराको प्रबद्र्धन र पूर्वाधार निर्माणका निम्ति कस्तो गुरुयोजना बनाउने ? मोटर कहाँसम्म आउने भन्ने एकीकृत योजना बनाउनु पर्दछ । वन, नेपाली सेना, व्यवसायी र स्थानीय सबै मिलेर छलफल गरी निष्कर्ष निकालेर नै एकीकृत र व्यवस्थित योजना बनाउन सकिन्छ । तपाईहरुको आफ्नै रारा आचारसंहितासमेतबन्नसक्छ । त्यसले भोलि निर्देशिकाको रुप लिनसक्ला । यहाँ जसलाई जे मनलाग्यो, त्यो गर्न दिएर हुदैन । बर्दी लगाएको सेनालाई त्यसको कर्तव्यबोध हुन्छ र त्यसअनुसार काम गर्ने ख्याल हुन्छ । सामान्य नागरिकलाई बर्दीको कर्तव्यको मतलब हुन्न । अलिकति बरु डरको वातावरण होला । अलिकति त्यसमा पोजिसन चेन्ज गर्नुहोस् त, बर्दी लगाएकाले नलगाएकाकोर नलाएकाले लगाएकाको पोजिसन चेन्ज गरेर के गर्ने भनी सामूहिक छलफल गर्नुभयो भने धेरै कामकुरा सहज हुन्छ । रारा तालमा यस्ता डुंगा अब कतिवटा डुंगा चाहिने छन् ? यसको आर्थिक योजना बनाउनुहोस् ।सबै डुंगाले कति आम्दानी गर्छन्? कतिवटासम्म डुंगा हुँदा आम्दानी बढ्छ? यो योजना बनाउनुहोस् र चाहिएको डुंगाका निम्ति पहल गर्नुहोस् !त्यसनिम्ति हामीले के गर्नुपर्छ गरौंला । ताल समितिले अर्काेवर्ष थप्नुपर्ने हो कि, पर्यटन मन्त्रालयले केही गर्नुपर्ने हो? यो डुंगा र यसको आम्दानी जिल्लाको आम्दानीमा राख्ने हो भने मुगुका सबै गाविसले आआफ्नो एउटा÷एउटा डुंगा यहाँ चलाए पनि हुन्छ । त्यसखालको पहल गरे पनि हुन्छ । कूल आम्दानीको केही प्रतिशत गाविस र जिविसमाबाँडफाँट गरी लैजाने गरे हुन्छ । यो त लगानी र प्रतिफलको पनि कुरा हो । हामीले अलिकति व्यवसायिक भएर सोच्नुपर्ने खाँचो छ । यसलाई भावनाको व्यापारजस्तो बनाएर चल्दैन। यथार्थको धरातलमा उभिएर सम्भव हिसाबले व्यवसाय गनुपर्दछ । रारा तपाई हामीले केही नगर्दा हिजो पनि थियो र भोलि पनि रहिरहनेछ । हामीले केही ग¥यौं भने यसले मुगु जिल्लालाई केही दिन्छ । यहाँका जनतालाई केही दिन्छ र सिंगो देशलाई केही प्रतिफल अवश्य दिन्छ । सिंगो देशको पर्यटन क्षेत्रमा यसले अलग स्थान ओगट्न सक्नेछ ।

मानिसले गर्दाखेरी हुन्छ, माओत्से तुङ जन्मेको स्थानमा बर्षमा ३३ लाख पर्यटक जान्छन् । रारामा पर्यटक नआएर नै यो समस्या छ । आन्तरिक पर्यटकको आँकडा हेर्ने हो भने ६ हजारको हाराहारी मात्रै छ । यहाँ गीत गाउनेले गीतबाट प्रचारप्रसार गर्न सकेका छैनन् र लाभ उठाउन पनि सकेका छैनन् । यहाँ न गीत गाएर बाँच्न सकेकोअवस्था छ, न त पर्यटन व्यवसायीहरुको आवश्यक जमात नै बनेको छ । हामी अगाडि बढ्दा अब यसको यथार्थ र संभावनाको व्यापक सदुपयोग गर्नुपरेको छ । यहाँ हिजो कोको आए ः राजा, राष्ट्रपति, प्रधानमन्त्री ?फर्केर केके गरे भन्ने ढंगले पनि हेर्नुपर्छ ।
तपाईहरुले कत्तिको ध्यान दिनुभएको छ । राजतन्त्रका सबै नकारात्मक पाटोमात्रै थिएनन् । राजारानीले जुम्लामा चन्दननाथको पूजाअर्चना गरेको भनी रेडियो टेलिभिजनले समाचार दिँदा चन्दननाथको प्रचार र प्रबद्र्धन देशैभरि भएको थियो । त्रिपुरासुन्दरी, विन्ध्यबासिनीआदि देशभरिका विभिन्न शक्तिपीठको पूजाअर्चना गरेको समाचारले वास्तवमा मेचीको मानिसलाई पनि तिनको बारेमा थाहा भएको थियो, त्रिपुरासुन्दरीको बारेमा तराईका मानिसलाई पनि थाहा हुनपुगेको थियो । गढीमाईको बारेमा हिमालका मानिसलाई थाहा भएको थियो । विगतमा त्यसढंगले प्रबद्र्धन गरेर पर्यटन विकासको एउटा माहोल बनाउने काम भएको थियो । दस्तावेज लेख्ने भनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०६३ मा खुल्ला भएपछि कहिले सुकुटे रिसोर्टमा जानुभयो । कहिले पात्लेबन त कहिले जर्सिङपौवा रिसोर्टमा पुग्नुभयो र केही दिन बस्नुभयो । त्यस कारणले भएको प्रचारप्रसारले पनि ती रिसोर्टहरुमा जाने नयाँ माहोल बनेको छ । राष्ट्रका प्रमुख पदाधिकारी र अगुवाहरुले यसरी योगदान गर्नुपर्छ । कर्मचारीहरु निश्चित दिन बिदा लिएर घुम्न हिड्ने परिपाटी बसाल्न सकिन्छ । राजनीतिक नेतृत्व पनि यस ढंगले माहोल बनाउने तिर लाग्नुपर्ने खाँचो छ । सबैले साझा प्रयास ग¥यौं भने मात्र यो संयुक्त प्रयाशको परिणाम सुन्दर हुनेछ ।

सोट्टोका साथीहरुले ‘बाइ रोड’ जुन फार्म टुर चलाउनुभयो, यसको समीक्षा रारामै बसेर गर्नु जरुरी छ । यसको आईटीनरी बनाउनुहोस् र काठमाडौमा गई पर्यटन बोर्ड, पर्यटन मन्त्री र कर्णालीका सबै सांसदहरु र उपलब्ध राजनीतिक नेतृत्वलाई पनि एकै ठाउँमा राख्नुहोस् । तपाईहरुको अनुभवसहित अब कस्तो आइटीनरीको बजारीकरण गर्ने? त्यसबारेमा छलफल गरेर एउटा व्यवहारिक निष्कर्षमा पुग्दै, अर्थात आइटीनरी निर्माण गरेर त्यसलाई बजारीकरण र प्रबद्र्धन गनुहोस् । तपाईहरुलाई यो कामका लागि अग्रिम सफलताको शुभकामना दिन चाहन्छु ।

राराको सुन्दरता त सधैँ रहिरहनेछ ! हामीले केही नगरेपनि राराको सुन्दरता त रहिरहने नै छ । आज हामीले जे गरेका छौं, तपाईहरु यहाँ भएका सबैको लागि मात्र लक्षित गरेर होइन, सन्तान–दरसन्तानका लागि, अझ धादिङबाट मोटरसाइकल चढेर अहिले रारा आउनेहरुका नाती–पनातीपुस्ताका लागि कसरी राम्रो वातावरण बनाउने भनेर नै यो सब काम गरिएको छ । यसो भएको हुनाले तत्कालको लाभहानीका हिसाबले मात्र यसलाई हेरिनुहुँदैन । यो छलफल, तपाइहरुको सल्लाह, सुझाव र निष्कर्षले रारामा एउटा राम्रो वातावरण बनाउन योगदान गर्ने नै छ । सिंगो राष्ट्रको ध्यान राराले खिच्नेछ भन्ने अपेक्षा र विश्वास गर्दै म विदा हुन चाहन्छु । धन्यवाद !

(नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पर्यटन प्रवर्द्धन विभागका प्रमुख थापाले ४ असोज २०७३ मा प्रमुख अतिथिको रुपमा राराको किनारामा मुगुमा दिएको मन्तव्यको अंश ।)

काठमाडौं–राराबास–राराताल टुर प्याकेज
(क) हवाइ उडानमार्फत
पहिलो दिन ः काठमाडौंबाट हवाइ उडानमार्फत नेपालगन्ज बाँकेको गाभर भ्याली होमस्टे (राराबास) मा रात्रि बसाइ ।
दोस्रो दिन ः बाँके राष्ट्रिय निकुञ्जको अवलोकनपश्चात् नेपालगन्जबाट मुगुको ताल्चा विमानस्थल प्रस्थान । ताल्चा विमानस्थलबाट दुई÷तीन घण्टा हिँडाइपछि रारातालनजिकको डाँफे रिसोर्टमा बसाइ ।
तेस्रो दिन ः धरतीकी अप्सरा राराको अवलोकनपश्चात् विभिन्न मनोरञ्जनका साथ रारामा रात्रि बसाइ ।
चौथो दिन ः हवाई यात्रामार्फत मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज प्रस्थान । हवाइ उडानद्वारा काठमाडौंतर्फ प्रस्थान ।
हवाई उडानमार्फत समूहमा यस प्याकेजअन्तर्गत रारा जाँदा एक जना व्यक्ति बराबर करिब ३८–४० हजार रूपैयाँ खर्च हुनेछ ।
(ख) हवाइ उडान–जिपमार्फत
पहिलो दिन ः काठमाडौंबाट बस यात्रामार्फत नेपालगन्ज । बाँकेको गाभर भ्याली होमस्टे (राराबास) मा रात्रि बसाइ ।
दोस्रो दिन ः बाँके राष्ट्रिय निकुञ्जको अवलोकनपश्चात् जिपमार्फत बाटोका विभिन्न गन्तव्यको अवलोकन गर्दै सुर्खेत, दैलेख र कालिकोटतर्फ प्रस्थान । कालिकोटमा रात्रि बसाइ ।
तेस्रो दिन ः कालिकोटबाट विभिन्न गन्तव्यको अवलोकन गर्दै सिञ्जा उपत्यका हँुदै मुगुको राराताल प्रस्थान । रारातालको किनारमा अवस्थित डाँफे रिसोर्टमा रात्रि बसाइ ।
चौथो दिन ः धरतीकी अप्सरा राराको अवलोकनपश्चात् विभिन्न मनोरञ्जनका साथ डाँफे रिसोर्टमा राराकै बसाइ ।
पाँचौं दिन ः हवाई उडानमार्फत मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्जतर्फ प्रस्थान अनि बसमार्फत काठमाडौंतर्फ प्रस्थान ।
हवाई उडान वा जिप–बस यात्रामार्फत कम्तीमा ६ जनाको समूहमा यस प्याकेजअन्र्तगत रारा जाँदा एक व्यक्ति बराबर करिब २८–३० हजार रूपैयाँ खर्च हुनेछ ।
(ग) बस–जिपमार्फत
पहिलो दिन ः काठमाडौंबाट बस यात्रामार्फत नेपालगन्ज । बाँकेको गाभर भ्याली होमस्टे (राराबास) मा रात्रि बसाइ ।
दोस्रो दिन ः बाँके राष्ट्रिय निकुञ्जको अवलोकनपश्चात् जिपमार्फत बाटाका विभिन्न गन्तव्यको अवलोकन गर्दै सुर्खेत, दैलेखतर्फ प्रस्थान । दैलेखमा रात्रि बसाइ ।
तेस्रो दिन ः दैलेखबाट जिपमार्फत बाटोमा विभिन्न गन्तव्यको अवलोकन गर्दै जुम्ला प्रस्थान । जुम्लामा रात्रि बसाइ ।
चौथो दिन ः जुम्लाबाट जिपमार्फत बाटोका विभिन्न गन्तव्य र सिंजाको उपत्यकाको अवलोकन गर्दै मुगुको राराताल प्रस्थान । रारातालको किनारमा अवस्थित डाँफे रिसोर्टमा रात्रि बसाइ ।
पाँचौं दिन ः धरतीकी अप्सरा राराको अवलोकनपश्चात् विभिन्न मनोरञ्जन गर्दै रारामै रात्रि बसाइ ।
छैटौं दिन ः मुगुको रारातालबाट जिपमार्फत बाटोका विभिन्न गन्तव्यहरूको अवलोकन गर्दै कालिकोट प्रस्थान । कालिकोटको मान्मा खाँडाचक्रमा रात्रि बसाइ ।
सातौं दिन ः कालिकोटबाट जिपमार्फत बाटोमा विभिन्न गन्तव्यहरूको अवलोकन गर्दै बाँकेको गाभर भ्याली होमस्टे (राराबास) मा रात्रि बसाइ ।
आठौं दिन ः बाँकेको गाभर भ्याली होमस्टे (राराबास) बाट बसमार्फत काठमाडौंतर्फ प्रस्थान ।
जिप–बस यात्रामार्फत कम्तीमा ६ जनाको समूहमा यस प्याकेजअन्र्तगत रारा जाँदा एक जना बराबर करिब २८–३० हजार रूपैयाँ खर्च हुनेछ ।
(२०७३ भदौ ३० देखि असोज ७ गते सम्पन्न आन्तरिक गन्तव्य प्रबद्र्धन कार्यक्रम । प्रस्तावित टुर प्याकेज सार्वजनिक गरेको २०७३ असोज १७ गते नेपाल बोर्डको सभाहल काठमाडौं)

(प्रधानमन्त्री केपी शर्मा अोलीले वैशाख १ गते राराबाटै देशबासीका नाममा सम्बोधन गरेपछि २०७३ सालमा राराको प्रचरका लागि भएको कार्यक्रममा व्यक्त विचारलार्इ अाजका दिनमा सान्दर्भिक ठानेर प्रस्तुत गरेका हाैँ –सम्पादक)

 

प्रकाशित मिति : २ बैशाख २०७५, आईतवार ११:३२