६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

सरकार ट्रेड युनियन जस्तो देखिदैछः लेखनाथ कोइराला (भिडियोसहित)


२ वैशाख, काठमाडौँ । निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन (सिबिए) का केन्द्रीय सदस्य लेखनाथ कोइरालाले सरकार ट्रेड युनियन जस्तो बनेको आरोप लगाएका छन । आइतबार बिहान बिज एफएम ९४.९ को विज विशेषमा कुरा गर्दै निजामति कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष समेत रहेका कोइरालाले कर्मचारीको व्यवस्थापनको सवालमा सरकार ट्रेड युनियनजस्तो र ट्रेड युनियन चाहिँ सरकार जस्तो बनेको बताए ।

उनले निजामित कर्मचारीले अतुलनिय योगदान दिइरहेको भन्दै पूर्वाग्रह राखेर गाली नगर्न आग्रह गरे । कोइरालाले कर्मचारी खटाएको ठाउँमा गएको र नगएको भन्ने हल्ला पूर्वाग्रही भएको भन्दै प्रोत्साहन गरेर कर्मचारीलाई काम गर्ने वातावरण तय गर्नुपर्ने बताए ।

कोइरालासँगको विस्तृत कुराकानी तलको लिंकमा हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २ बैशाख २०७५, आईतवार १०:३३