७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अन्ततः बन्द भयो ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम, अडियो/भिडियो विज्ञबाट पनि पाण्डेको राजिनामा


१ साउन, काठमाडौँ । मनोजराज पाण्डेको कथा नेपालले तयार पार्दै आएको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम अन्तत बन्द भएको छ । मंगलबार एक वर्ष पूरा भएको उपलक्ष्यमा काठमाडौँको सोल्टी होटलमा भएको कार्यक्रममा सञ्चालक मनोराज पाण्डेले कार्यक्रमबाट विदा लिएको घोषणा गरे । सँगै उनले प्रधानमन्त्रीको अडियोरभिडियो विज्ञ पदबाट समेत राजिनामा दिएको घोषणा गरेका छन । जनतासँग प्रधानमन्त्री कार्यक्रमको नाममा कथा नेपालले सिंहदरबार भित्रै चन्दा आतंक मच्चाएको भन्दै चर्को आलोचना भएको थियो भने कार्यक्रममा पनि प्रधानमन्त्रीलाइ बोल्न नदिएर सञ्चालकले मात्रै बढी बोलेको भन्दै नेकपाभित्रै बिरोध भएको थियो ।

यद्यपी कार्यक्रममा उनले आफूले चर्चा भएको जस्तो सरकारी निकायबाट कुनै विज्ञापन नलिएको नेपाल टेलिभिजन र अन्य निजी टेलिभिजनमा समेत पैसा तिरेको बताए । प्रधानमन्त्री कार्यालयले एक वर्षका लागि विना प्रतिस्पर्धा पाण्डेको कथा नेपाललाइ कार्यक्रमको जिम्मा दिएको थियो । अहिले पार्टी भित्र र सचिवालयकै कर्मचारी र अन्य सल्लाहकारको समेत सुझावमा यही अवस्थामा मनोज पाण्डेको कथा नेपाललाइ कार्यक्रम नदिने निर्णयमा प्रधानमन्त्री कार्यालय पुगेपछि उनले विदा लिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ । मनोजले सिर्जान गरेको चन्दा अातंकको फेहरिस्त प्रधानमन्त्री निवास बालुवाटारमा पुगेपछि प्रधानमन्त्रीले पाण्डेलाइ सहजता प्रदान गर्न अनुरोध समेत गरेको बुझिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार २०:४३