१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

३७ वर्षको जेल सजाय तोकिएर सफाइ पाएका सुनबहादुर रिहाइपछि कांग्रेस नेताले साटे खुशी


१ साउन, काठमाडौँ । झण्डै चार सय बढी महिला बेचेको आरोप लागेका नुवाकोट कांग्रेसका नेता एवं दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुनबहादुर तामाङले अन्ततः उच्च अदालतबाट सफाइ पाउन सफल भएका छन । जिल्ला अदालत नुवाकोटले गरेको फैसला उल्ट्याउँदै पाटन उच्च अदालतले सुनबहादुरलाइ सफाइ दिएपछि कांग्रेस नेताहरूले खुशी मनाएका छन । उनीहरूले सुनबहादुर निर्दोष हुँदाहुँदै दुःख दिन खोजेको गुनासो पनि गरेका छन ।

पाटन अदालतको आदेशसँगै सुनबहादुर पनि जेल मुक्त भएका छन । जेलमुक्त भएपछि उनले समर्थक र आफ्ना नेतासँग बसेर खुशी साटेका छन । जेलमुक्त भएगलत्तै उनलाइ स्वागत गर्न गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ लगायतका नेता कार्यकर्ता स्वागतका निम्ति पुगेका छन । उनले जेलमुक्त भए लगत्तै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र जिल्ला सभापति जगदिश्वरनरसिंह केसीलाइ समेत भेटेका छन । उनको खुशीमा उपलब्ध नेता कार्यकर्ताले रेष्टुरेन्टमा चियापान समेत गरेका छन ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार ११:४०