७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपाल टेलिकमले इन्टरनेटको शुल्क वृद्धि नगर्ने


१ साउन, काठमाडाैँ । नेपाल टेलिकमले इन्टरनेटका ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी महशुल दरमा कुनै वृद्धि नगर्ने जनाएको छ । नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेपनि नेपाल टेलिकमले शुल्कमा कुनै बृद्धि नगर्ने जनाएको हो ।

टेलिकमले सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाएको छ । टेलिकमले देशका दुर्गमदेखि सुगमसम्म हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार ०९:११