१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लोकमानको लयमा प्रहरी प्रमुख सर्वेन्द्र खनाल


१ साउन, काठमाडाैँ । नेपाल प्रहरी माथि सबै जनाको विश्वास र भरोसा हुनुपर्ने हो तर पछिल्लो समय कमजोर हुँदै गएको छ । अपराध अनुसन्धानमा दक्षिण एसियामै उत्कृष्ट भनिएको नेपाल प्रहरीमा भएको विकृतिको अन्त्य गर्नुपर्नेमा त्यस्ता विकृतिको संरक्षणका निम्ति उल्टै गलत काम हुनेगरको तथ्य सार्वजनिक भएको छ ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले २०७५ चैत्र ७ मा बैंककमा बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक) को राष्ट्रि सुरक्षा प्रमुखहरुको बैठकमा प्रतिनिधित्व गर्दै ‘पाकिस्तानलाई आतंककारी संरक्षक राष्ट्र’ भन्ने प्रस्तावमा सहमति जनाए । असलग्न परराष्ट्र नीति अख्तियार गरेको नेपालका निम्ति महानिरीक्षक खनालको त्यो सहमति गलत थियो ।

उनले भारत सरकारका सुरक्षा सल्लाहकार अजित डोभालको प्रस्तावमा पाकिस्तान आतंककारी संरक्षक राष्ट्र भने त्यो पनि गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिव प्रेमकुमार राईलाई समेत जानकारी नदिइकन । यो विषयमा नेपालखबर डट कममा पत्रकार दीपक खरेलले श्रृंखलाबद्ध खोजमुलक रिपोर्ट प्रस्तुत गरे । आइजीपी खनालले बिमस्टेक बैठकमा अनुमोदन गरेको विषय सरकारद्वारा अस्वीकृत शीर्षकको समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा एकै दिन १२ वटा नक्कली फेसबुक एकाउन्ट खोलेर समाचारको निन्दा र महानिरीक्षक खनालको बचाउ गरिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा अयोग्य ठहरिएका लोकमानसिंह कार्कीले आफ्नो कमजोरी लुकाउनका निम्ति समेत यस्तै नक्कली फेसबुक एकाउन्ट सिर्जना गर्न लागाएर भजन गाउन लगाएका थिए । ठ्याक्कै त्यस्तै झल्को दिने गरी महानिरीक्षक खनालको समर्थनको नाममा फेसबुकमा अभियान चलेको छ ।

नक्कली एकाउन्ट बनाएर फेसबुकमा प्रतिक्रिया जनाउनेहरूले पत्रकार, समाचार संस्थामाथि निरन्तर प्रहार गरेका छन । कमजोरी स्वीार्नुको साटो ढाकछोपका निम्ति भएका यस्ता हर्कतलाइ कति शोभनिय मान्ने ? यो पठाकहरूको जिम्मामा छाडेका छाैँ । कसरी फेक आइडी बनाएर जनाएका प्रतिक्रियाको बारेमा नेपालखबर डटकमले नै फ्याक्ट चेक गरेको छ । जुन समाचार यस्तो छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार १२:२१