१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

हेलिकप्टर दुर्घटनाहुँदा पाइलटकाे मृत्यु  


३१ असार, किभ ।  युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा एमआई–२ हेलिकप्टर आइतबार दुर्घटना हुँदा हेलिकप्टरका पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ । युक्रेन सरकारले उक्त घटनाको अनुसन्धान अघि बढाएको छ । प्रहरी प्रवक्ता इल्भिरा बिगानोभाले दुर्घटनाको कारण अझै खुल्न बाँकी रहेको जानकारी दिनुभयो । उक्त हेलिकप्टर जमिनमा औषधि छर्नेक्रममा दुर्घटनाग्रस्त भएको थियो । यसै महिनाको शुरुमा पनि एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक व्यक्ति घाइते भएका थिए ।

 

प्रकाशित मिति : ३१ असार २०७६, मंगलवार १९:२३