१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

अभिनेत्रीले प्रेमीलाई नै बलात्कारको आरोप लगाएपछि…


३१ असार, काठमाडाैँ । एक बलिउड अभिनेत्रीले आफ्नै प्रेमीलाइ बलात्कारकाे  आराेप लगाएकी छिन्र ।  नायिकाले आराेप मात्र नलगाएर  प्रेमीविरुद्ध मुद्दा पनि दर्ता गरेकी छिन् । आफ्ना प्रेमीले  शोषण र बलात्कार गर्ने आरोप लगाएकी  नायिकाकाे मिडिया रिपोर्टमा  नाम गोप्य राखिएको छ । नायिकाकाे  प्रेमीको नाम पनि सार्वजनिक गरिएको छैन । यसबारे पुलिसले अनुसन्धान गरिरहेको भारतीए मिडियाले जनाएकाे छ ।

नायिकाका अनुसार  नोएडामा बस्ने ती युवक नायिकालाई भेट्न बारम्बार मुम्बई आइरहन्थे ।  युवकले आफू विवाहित भएको कुरा वर्षौैंसम्म लुकाएर राखेकाे र विवाहको झुटो आश्वासन दिएर यौन सम्बन्ध राख्न बाध्य बनाएको पनि नायिकाले पुलिसलाई जानकारी दिएकी छिन् । रिपोर्टमा यो पनि भनिएको छ कि ती व्यक्तिले नायिकालाई विभिन्न कुरामा बन्देज लगाउने गर्दथे । आरोपीले पीडितलाई कुनै पनि पुरुषसँग काम नगर्न दबाब दिन्थे । यसका साथै साथीबाट पनि टाढै बस्न भन्थे ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलवार ०९:५३