६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

काठमाडाैँ महानगरमा पदाधिकारीका लागि घुसको सेटिङ मिलाउने कृष्णप्रसाद सोती रंगेहात पक्राउ


३० असार, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकामा पदाधिकारी र उच्चतहका कर्मचारीका लागि घुसको सेटिङ मिलाउने नायब सुब्बा कृष्णप्रसाद सोती घुससहित पक्राउ परेका छन । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख सात हजार रुपैयाँ घुससहित सोतीलाइ पक्राउ गरेको हो ।

सोती नेपाली कांग्रेस निकट कर्मचारी युनियन काठमाडौं महानगरपालिकाका इकाइका अध्यक्ष समेत हुन । महानगरको समाजिक विकास विभागका नायव सुब्बा (पाँचौ तह) कार्यरत सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभागमार्फत आएको रकमको कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत घुस माग गरेका थिए ।

अख्तियार स्रोतका अनुसारले उनकाले प्रशासकदेखि उपमेयर र मेयरसम्म पनि घुसको सेटिङ गर्ने गरेका थिए । काठमाडाैँ महानगरपालिकाका कर्मचारीहरूका अनुसार उनी महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीसँग समेत भित्री रूपमा निकट रहेका थिए ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार २०:५७