८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अन्तर्राष्ट्रिय श्रम बजारमा योग्य श्रमिक आपूर्ति गर्ने मुलुकमा नेपालः मन्त्री विष्ट


२९ असार, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकको दक्षताले उनीहरु सक्षम रहेको बताउँदै अन्तर्राष्ट्रिय महासन्धिअनुसार उनीहरुको श्रमको सुरक्षा संरक्षण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले श्रमको सुरक्षा संरक्षण गर्ने कार्यमा सरकार लागि परिसकेको बताउनुभयाे ।

कृषि तथा उत्पादनका क्षेत्रमा योगदान गरी उत्कृष्ट व्यवसायी बनेका उद्यमीलाइ सिंहदरबारमा सम्मान र पुरस्कार प्रदान गर्दै मन्त्री विष्टले मुलुकको कूल ग्रार्हस्थ्य उत्पादनमा विप्रेषण क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउँदै उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय श्रम बजारमा योग्य श्रमिक आपूर्ति गर्ने मुलुकमा अहिले नेपाल पर्दछ । नेपाली श्रमिकको हक, हित तथा अधिकारका लागि सरकारले अडान राख्दछ ।” कार्यक्रममा उत्कृष्ट उद्यमीलाइ सम्मान गरी पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २९ असार २०७६, आईतवार २२:००