६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

कुवेतमा आगलागीमा परी ३ जना नेपालीको मृत्यु


२९ असार, काठमाडाैँ । कुवेतमा आगलागीमा परी ३ जना नेपालीको मृत्यु भएकाे छ । कुवेतस्थित एक अपार्टमेन्टमा शुक्रबार आगलागी हुँदा  सर्लाहीका विजय बैठा, ठेगाना नखुलेकी अप्सरा कामी र गौरी दर्जीको ज्यान गएको कुवेतस्थित नेपाली दूतावासले जनाएकाे छ ।

मृतकको शव फर्वानिया अस्पतालमा राखिएको छ । मृत्यु हुने कम्पनीका कामदार हुन् या घरेलु कामदार भन्ने थाहा हुन बाँकी रहेकाे पनि दुतावासले जनाएकाे छ ।

प्रकाशित मिति : २९ असार २०७६, आईतवार १३:३७