१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

क्रिकेटमा नेपालको नयाँ रेकर्डः पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय सिरीज ‘क्लिन स्विप’


२९ असार, काठमाडाैँ । दोस्रो टी-२० क्रिकेटमा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिजमा जित हात पारेको छ ।  नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोली मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने करण केसी, अभिनाश बोहोरा र पारस खड्काले १-१ विकेट लिए ।

यसअघि टस जितेर व्याटिङ थालेको नेपालले विनोद भण्डारीको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । टी-ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्ध शनिबार भएको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो । योसँगै नेपालले क्रिकेटमा महत्वपूर्ण सफलता हात पारेको छ । नेपालले पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय सिरीज ‘क्लिन स्विप’ गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आईतवार १२:१८