१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

दाङको ग्वार खोलामा आएको बाढीले बस बगायो


२७ असार, काठमाडाैँ । दाङकाे ग्वार खोलामा आएको बाढीले बस बगाएको छ । खोलामा धुँदै गरेको बसलाई एक्कासि आएको बाढीले बगाएको प्रहरीले जनाएको छ । प्रहरीले चालक र सह–चालकलाई भने सकुशल उद्धार गरेको छ । ना ४ ख ३५६५ नम्बरको बसका चालक रमेश थापा र सह-चालक निर्मल पुनको सकुशल उद्दार गरिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाही, सशस्त्र प्रहरीका डीएसपी रोमबहादुर कार्कीलगायतको टिम खोलामा पुगेर चालक र सह-चालकको उद्दार गरेको हो । उद्धारमा खटिएका डीएसपी शाही खोलामा चिप्लिएर सामान्य घाइते हुनु भएको छ । उहाँको टाउको र ढाडमा चोट लागेको छ ।

ग्वार खोलामा बाढी आउँदा घोराही–तुलसीपुर सडक अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार २३:२७