८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

टेलिकमका ग्राहकलाई प्रजातन्त्र दिवसको उपाहार ‘फ्रिडम प्याक’


७ फागुन, काठमाडौँ । प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेडरुपमा गर्न सकिने टेलिकमले आइतबार विज्ञप्तिमार्फत जनाएको हो ।

जिएसएम तथा सिडिएमएका ग्राहकले सो प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्क्भित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्नेछन् । उक्त प्याक रु २५ मा खरिद गर्न सकिनेछ ।

आजदेखि शुरु भएको फ्रिडम प्याक आगामी फागुन ८ गतेसम्म खरिद गर्न सकिनेछ । एकपटक खरिद गरेको सो प्याक चलाउने अवधि सकिएपछि अर्कोपटक फेरि प्याक खरिद गर्न सकिनेछ । एकपटकमा एउटा प्याक मात्र खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार ०७:००