८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

त्रिभुवन विमानस्थलमा धसिएकाे यती एयरकाे विमानलाई यसरी निकालीयाे (फाेटाेफिचर)


२७ असार, काठमाडाैँ । शुक्रबार बिहान नेपालगञ्जाबाट काठमाडाैँका लागि  उडेकाे यती एयरकाे यती एयरकाेत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटना भएकाे थियाे । तत्काल प्रहरी बरिष्ठ उपरिक्षक  सन्दिप भण्डारीकाे नेतृत्वमा विमानस्थल प्रहरी, नेपाली सेना, नेपाल नागरिक उडड्यन कार्यालय, अग्नी निवारण एवं उद्दार र सम्बन्धित वायुसेवाका कर्मचारीद्वारा चिप्लिएर दुर्घटना भएकाे विमानकाे उद्दार गरिएको छ ।

दुर्घटना भएकाे विमानमा २ बालक, ६६ जना युवक र ४ जना चालक दलका सदस्य गरी जम्मा ७२ जना सवार रहेकाे जनाइएकाे छ । ७२ जना यात्रुमध्य ३ जना सामान्य घाइते भएका थिए । घाइतेलाई उपचारकालागि काठमाडाैँ मेडीकल कलेज सिनामंगल पठाएकाे प्रहरीले जनाएकाे छ । अवतरण गर्ने क्रममा दुर्घटना भएको यती एयरको विमानलाई  दुर्घटनास्थलबाट सुरक्षित स्थानमा लगि अवरोध हटाएर पुन विमानस्थल सुचारू भएकाे पहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार २३:१२