७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

४ लाख घुससहित वन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामा पक्राउ


२७ असार, सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख रु चार लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले डिभिजन वन प्रमुख भक्तबहादुर लामालाई आज कार्यकक्षबाटै रङ्गेहात पक्राउ गरेको हो । आयोगको सुर्खेत कार्यालयका प्रवक्ता मेघनाथ सापकोटाले सेवाग्राहीबाट रु चार लाख घुस लिइरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार १६:१७