१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

ब्रेनट्युमर रोगबाट पीडित भुसाललाई सहयोग


२७ असार, बेझाड । ब्रेनट्युमर रोगबाट पीडित बनेका एक युवकलाई प्रवासी नेपालीले उपचारमा सहयोग गरेका छन् । पाल्पाको बगनासकाली गाउँपालिका–८ बस्ने ब्रेनट्युमर रोगले ग्रसित ३५ वर्षीय हरि भुसालको उपचारका लागि अमेरिकामा बसोबास गर्दै आएका प्रवासी नेपालीले उपचारमा सहयोग गरेका हुन् ।

 

सोही गाउँपालिका–९ घर भई हाल रोजगारीको सिलसिलामा अमेरिकामा बसोबास गर्दै आउनुभएका रामप्रसाद बस्याल, विष्णु बस्याललगाय प्रवासी युवा मिलेर रु दुई लाख एक हजार ७७३ पीडित भुसालको सहयोग गर्नुभएको हो । भुसालको उपचारमा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालबाट रु पाँच हजार, क्राउन होटल तानसेनका सञ्चालक ज्ञानु कार्कीबाट रु चार हजार गरी दुई लाख १० हजार ७७३ उपचारमा सहयोग जुटेको छ ।

अध्यक्ष बस्याललको पहलमा रोजगारीका सिलसिलामा अमेरिकामा रहेका नेपाली युवाबाट सो रकम सङ्कलन गरिएको हो । भुसालको आर्थिक अभावका कारण उपचारमा समस्या परेपछि औषधि उपचारमा राहत पुगोस् भनेर सहयोग गरिएको सहयोगदाता रामप्रसाद बस्यालले बताउनुभयो । भुसालको अहिले काठमाडौँको वीर अस्पतालमा उपचार भइरहेको छ । सो रकम बिहीबार पीडित परिवारलाई अध्यक्ष बस्यालले हस्तान्तरण गर्नुभएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार १३:४५