८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

इंग्ल्याण्डले विश्वकप क्रिकेटमा अष्ट्रेलियाको दबदबा तोड्यो, उपाधिका लागि न्यूजिल्याण्डसँग खेल्ने


२६ असार, काठमाडाैँ । इंग्ल्याण्डले विश्वकप क्रिकेटमा अष्ट्रेलियाको दबदबा तोडेको छ । क्रिकेटको जन्मभूमि मानिने इंग्ल्याण्डले घरेलु भूमिमा भएको १२औं संस्करणको विश्वकपको सेमिफाइनलमा पाँच पटकको च्याम्पियन अष्ट्रेलियालाई आठ विकेटले हराउँदै इंग्ल्याण्ड समग्रमा चौँथो पटक फाइनलमा पुगेको हो ।

यसअघि तीन पटक फाइनलमा पुगे पनि इंग्ल्याण्डले जित हाँसिल गर्न सकेको थिएन । यो संस्करणको उपाधिका लागि इंग्ल्याण्डले अब न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । गत संस्करणको उपविजेता न्यूजिल्याण्डले पनि अहिलेसम्म विश्वकपको उपाधिको स्वाद चाख्न पाएको छैन ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार २३:०२