७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

गगन थापाको रोजाइमा बीपी स्वास्थ्य प्रतिष्ठानको उपकुलपति बनेका रौनियार घुससहित पक्राउ


२६ असार, काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाको रोजाइमा धरानस्थिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बनेका प्रा।डा। राजकुमार रौनियार घुससहित रंगेहात पक्राउ परेका छन । घुस र लुटका निम्ति पहिचाननै स्थापति गरेका रौनियारलाइ पहिला अयोग्य भन्दै स्पष्टिकरण सोधेर पछि थापाकै सिफारिसमा उपकुलपति नियुक्त गरिएको थियो ।

बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको को टोलीले उनी र डा।रामहरी रौनियारलाई ८ लाख घूस सहित पक्राउ गरेको हो । प्रतिष्ठानको भवन निर्माणको ठेक्काको कमिसन बापत घूस बुझ्ने क्रममा उनीहरुलाई अख्तियारले पक्राउ गरेको हो । डा। रामहरी धरानमै एमबीबीएस सकेर एमडी अध्ययनरत रेसिडेन्ट डाक्टर हुन । उनी रौनियारका नातेदार समेत रहेको अख्तियारले जनाएको छ । धरानमा प्रतिष्ठानका लागि करिब एक करोड रुपैयाँको भवन निर्माण हुँदै गरेको छ । दुबै नेपाली कांग्रेस निकटका चिकित्सक हुन ।

यस्तो छ अख्तियारको विज्ञप्ति 

वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निजहरु प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई सेवाग्राहीसँग रू.८,००,०००।– (आठ लाख) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित कार्यालय परिसर स्थित निज उपकुलपतिको निवास, धरानबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । प्रदीपकुमार कोइराला, प्रवक्ता

यो पनि पढ्नुहोस्
-भ्रष्टाचार र लुटको बलमा गगन थापाको साम्राज्य विस्तार

 

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार २१:५५