११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

स्व. निर्मला पन्तकी आमा दुर्गादेवीले जागिर पाइन् 


२५ असार, कञ्चनपुर । स्व. निर्मला पन्तकी आमा दुर्गादेवीले  नगरपालीकामा जागिर पाएकी छिन् ।  एक वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमालाई दैनिक हाजिरीमा काम गर्ने गरी नगरपालिकाले नियुक्त गरेको हो । परिवार धान्न गाह्रो भएको भन्दै दुर्गादेवीले जागिरका लागि निवेदन दिएपछि नियम कानुनभित्र रहेर ‘डोर हाजिरी’मा नियुक्ति दिइएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताए ।

छोरीको बलात्कारपछि हत्या भयो, श्रीमानले हेर्दैनन् भनेपछि  नगरपालिकाले सहयोग गरेकाे मेएर विष्टले बताए । निर्मलाको लागि न्याय माग्ने आन्दोलनमा प्रहरीको गोलीबाट मृत्यु भएका सन्नी खुनाकी आमा मञ्जुलाई यसअघिनै सोही प्रकृतिको जागिर नगरपालिकाले दिइसकेको मेयर बिष्टले बताए । उनले निर्मला र सन्नी खुना दुवैका परिवारलाई नगरपालिकाको तर्फबाट यसअघिनै तीन तीन लाख रुपैयाँ राहत उपलब्ध गराइएको समेत जानकारी दिए ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार १८:४४