१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कांग्रेसलाई सञ्चारमन्त्री बास्कोटाको प्रश्न “चार तारामा शान्ति र लोकतन्त्रका तारा कता हराए ?”


२६ असार, काठमाडाैँ । सरकारका प्रवक्ता समेत रहेका सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमाथि गम्भीर प्रश्न गरेका छन । बिहीबार सरकारको तर्फबाट अायोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले कांग्रेसले पछिल्लो समयमा हिंसा प्रति मोह देखाएको देखिएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गरे । उनको प्रश्‍न छ ” हिंसाप्रति कांग्रेसको धारणा के हो ? दिनभर बीपी, रातभर विप्लव ? चार तारामा शान्ति र लोकतन्त्रका तारा कता हराए ?”

मन्त्री बास्कोटाले चन्द समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली कांग्रेसले सरकारमाथि अनावश्यक दबाब सिर्जना गरेको बताए । मन्त्री बास्कोटाले  संविधान, कानुन र शान्तिकाविरुद्ध नेपाली कांग्रेसले चन्द समूहलाई किन काखी च्यापेको भनि प्रश्न समेत गरे । मन्त्री बास्कोटाले चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको छानबिनका लागि संसदीय समिति गठन नहुने पनि बताए ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार १७:३४