१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

हिमालय बैंकले साउन २ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्दै


२६ असार, काठमाडाैँ । हिमालयन बैंकले आगामी साउन २ गतेदेखि रु तीन अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज एक आह्वानपत्र सार्वजनिक गर्दै प्रतिकित्ता रु एक हजारका दरले ऋणपत्र बिक्री गर्न लागेको जनाएको हो । ऋणपत्र बिक्री बन्द छिटोमा आगामी साउन ६ र ढिलोमा साउन ३१ गतेसम्म तोकिएको छ ।

कूल बिक्री गर्न लागिएको ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात् रु एक अर्ब २० करोड बराबर सर्वसाधारणलाई र रु एक अर्ब ८० करोड संस्थापक लगानीकर्तालाई छुट्याइएको छ । ऋणपत्र खरीद गर्न चाहनेले न्यूनतम २५ देखि अधिकतम ३० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब्याजदर १० प्रतिशत रहेको छ । सात वर्षपछि परिपक्व हुने सो ऋणपत्रबाट उठ्ने रकम बैंकले कर्जा सापटी र तरलता व्यवस्थापनमा लगानी गर्ने आह्वान पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार १७:१५