१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जित्दै नेपाल यू–१९ एसिया कपका लागि छनाैट


२४ असार, काठमाडाैँ । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जित्दै नेपाल यू–१९ एसिया कपका लागि छनाैट भएको छ । नेपालले पूर्वी क्षेत्र छनोटको फाइनलमा मंगलबार हङकङमाथि ६ विकेटको शानदार जित हात पारेको हो । मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलवार १२:५९