१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधिका लागि नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दै


२४ असार, काठमाडाैँ । नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधिका लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा ओभल मैदानमा सुरू फाइनलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपको एउटा स्थानका लागि नेपाल र हङकङबीचको विजेताले ठाउँ पाउने छ ।

एसिया कपको छनोट प्रतियोगिताका रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनमा सबै प्रतिष्पर्धीहरु पाखा लागिसकेका छन् । नेपाली टिमले फाइनलका लागि सेमिफाइनलकै टिम मैदान उतारेको छ । मंगलबार पनि विशालविक्रम केसी, प्रतिस जीसी र लोकेश बमलाई विश्राम दिइएको छ । यस्तै कमलसिंह ऐरी र रसिद खान पनि खेल्दैछन् ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलवार १०:१५