११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

माेटाेपन घटाउने नयाँ तरीकाः बेलुका पूर्व प्रेमीलाई सम्झेर रूनुहाेस्  


२३ असार, काठमाडौं । अहिले प्राय मानिसहरू धेरै माेटाएर भद्दा देखिने गरेका छन् । स्यानाे जिउ सुन्दर देखिन्छ तर माेटाे पनका कारण कतिपय मानिसहरू कुरूप पनि देखीने गर्द छन् । सुन्दर देखिनका लागि मान्छेहरूले विभिन्न उपाएहरू अपनाइरहेका हुन्छन् ।

एक नयाँ अध्ययनका अनुसार तौललाई रोएर पनि घटाउन सकिने खुलासा भएको छ । मान्छेलाई उसै त रून मन लाग्दैन रूनकालागि केहिकारण चाहिन्छ दुखद वा वियाेगान्त कारण जस्ले गर्दा मानिस सजिलै रूनसक्छ ।  त्यसैले अाफ्नाे पूर्व प्रेमीलाई सम्झेर रूँदा धेरै अाँसु बगाउन सकिने र धेरै बेर रून सकिने हुँदा शरीरमा कार्टिसोल नामको हर्मोनको श्राव हुने गर्छ ।

रुँदा हाम्रो शरीरमा कार्टिसोल नामको हर्मोनको श्राव हुने गर्छ । शरीरमा यो हर्मोनको स्तर बढ्दा तौलमा कमी आउँछ । दोस्रो, स्ट्रेस लेभल बढेपछि जब हामी रुन्छौं तब आँसुमार्फत् विषाक्त पदार्थ शरीरबाट बाहिर निस्कने जुन तौल बढ्नका लागि जिम्मेवार हुने एशियन वनमा प्रकाशित छ  । आँसु निकै मुश्किलले झर्छ भने तौल घट्न निकै मुश्किल पर्छ भने रोएको नाटक गर्दा यसले तौल कम गर्न कुनै सहयोग गर्दैन ।

मानिसका तीन प्रकारका आँसु झर्छन् – बेसल, रिफ्लेक्स र साइकिक हाे । बेसल आँसु धेरैजसो खुसीका कारण झर्ने गर्छ जबकी रिफ्लेक्स आँसु चुरोटको धुँवा वा प्रदुषणका कारण निस्कने गर्छ । साइकिक आँसु भने मानिसहरुले भावनामा बगेपछि झार्ने गर्छन् र यही आँसु झरेको खण्डमा मात्रै तौल कम हुन्छ ।

बेलुका ७ बजेदेखि राती १० बजेको बिचमा रुँदा तौल तीब्र रुपमा घट्ने बताइएको छ । यो यस्तो समय हो जब मानिसहरुको नेगेटिभ इमोशन सबैभन्दा बढी हावी हुन्छ । रुँदा मानिसहरुको शरीरमा भएको क्यालोरी तीब्र रुपमा बर्न हुनेगर्छ । एजेन्सी

प्रकाशित मिति : २३ असार २०७६, सोमबार १३:३२