१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

यू-१९ एसिया कपमा मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश


२३ असार, काठमाडौं । यू-१९ एसिया कपको पूर्वी क्षेत्र छनोटमा मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेकाे छ । नेपालले मलेसियाले दिएको ८८ रनको लक्ष्य १५.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । ३० रन जोड्दा ३ विकेट गुमाइसकेको नेपाललाई कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले अविजित ६० रनको साझेदारी गर्दै जित दिलाए । भीम ३३ र रोहित ३१ रनमा अविजित रहे ।


यसअघि किनरारा ओभलमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४५.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार १२:०३