१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेकपा दोहोरीः विष्णु रिमालको छाैँडालाई जनार्दन शर्माको जवाफ ‘विनाशकाले विपरित बुद्धि’


२२ असार, काठमाडौँ । नेकपाभित्रको अन्तरबिरोध सतहमा आएको छ । नेकपा भित्रकै नेताहरू समय नै नभइ सरकार गिराउन र असफल पार्न योजनाबद्भ रूपमा लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले एउटा ट्वीट गरे जसले दिउँसभर सामाजिक सञ्जालमा बहसको स्थान पायो । करिब करिब सबैजसोले रिमालको छौँडा चलमलाइ रहेको र त्यसले दुःख दिएको भन्ने भनाइको बिरोध गरेका छन ।

नेकपा भित्र प्रधानमन्त्रीको निकट रहेका केही बाहेक सबैले उनको कटु आलोचना गरेका छन । यद्यपी उनको लेखाइ सही छ भन्ने पार्टीका नेताहरू पनि रहेका छन । जसले विषयवस्तु बुझ्न समेत पाएका छन । रिमालको ट्वीटलाइ जवाफ दिने हिसाबमा नेकपाका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नजिकका नेता स्थायी समिति सदस्य जनार्दन शर्माले विनाशकाले विपरित बुद्धि भन्ने उखान पोस्ट गर्दै उफ गरेका छन ।

नेता शर्माले जब विनास हुन खोज्छ तब मानिसको बुद्भि गलत दिशामामात्र प्रयोग हुन खोज्न भन्ने सन्देश दिन खोजेका छन । पार्टीभित्रका सबैजसो नेता रिमालसँग विगतदेखि नै असन्तुष्ट रहँदै आएका छन । उनले ओलीको नाममा पार्टी संगठन बाइपास गरेर छुट्टै साम्राज खडा गरेको आरोप लग्ने गरेको छ ।

यो पनि पढ्नुहोस्

–सरकार असफल पार्न प्रचण्डको षड्यन्त्र, यस्तो छ विषादीयुक्त तरकारी रोक्ने निर्णयको अन्तर्य

छौँडाहरू चलमलाएको विष्णु रिमालको टिप्पणी, सामाजिक सञ्जालमा भाइरल

 

प्रकाशित मिति : २२ असार २०७६, आईतवार २०:५८