७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सरकार असफल पार्न प्रचण्डको षड्यन्त्र, यस्तो छ विषादीयुक्त तरकारी रोक्ने निर्णयको अन्तर्य


२२ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार असफल बनाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेको षडयन्त्र सतहमा आएको छ । तत्कालीन एमालेसँग पार्टी एकता गरेर अघि बढीरहेका प्रचण्ड पछिल्लो समय पार्टी भित्रका भन्दा बाहिरका नेता र शक्तिसँग घुलमिल हुँदै जाँदा राजनीतिमा अर्कै खालका तरंगहरू पैदा भएका छन ।

कतिसम्म भने प्रचण्डले सरकार असफल पार्न प्रचण्डले वर्तमान सरकारकै मन्त्री लगायतको दुरूपयोग गरेको समेत पाइएको छ । द्धन्द्ध व्यवस्थापनको नाममा प्रचण्डले पछिल्लो पटक बढाएको सक्रियता स्वयं नेकपाका लागि दीर्घकालीन रूपमा घातक हुने देखिएको छ । हामीले सरकारको पछिल्लो अवस्था र त्यसप्रतिको जनताको प्रतिक्रियाको विषयलाइ लिएर विषदियुक्त तरकारी रोक्ने सम्बन्धि निर्णयको अन्तर्य– खोजेको छौँ ।

प्रचण्ड निकट भनी चिनिएका कृषिमन्त्री चन्द्रप्रकाश खनालले भारतबाट आउने विषादियुक्त तरकारी परीक्षण गर्ने प्रस्ताव क्याबिनेटको बैठकमा ल्याए । उक्त प्रस्ताव राम्रो हो भनेर क्याबिनेटले स्वीकृत पनि गर्यो । सो प्रस्ताव स्वीकृत गरे लगत्तै प्रमुख सञ्चार माध्यमहरुमा भारतीय तरकारीमा विषादी नभेटिएको र सरकारले विषादी परीक्षण गर्ने निर्णय गरेर व्यापारमा अवरोध गरेको भन्दै समाचार लेखिए ।

पछिल्लो पटक भारतीय लगानी भित्रिएको कान्तिपुर पब्लिकेशनको अनलाइनमा विषादीका बारेमा प्रकाशित भएको दुइ समाचार ।

तरकारीको विषादी परीक्षणका लागि भन्सार क्वारेन्टाइन वाणिज्य मन्त्रालय अन्तर्गत पर्छ । वाणिज्य तथा आपूर्ति मन्त्री पनि प्रचण्ड निकटकै मातृका यादव छन् । उनले विना तयारी तरकारी जाँच्ने निर्णय कार्यान्वयन गर्न नसकिने प्रस्ताव क्याबिनेट बैठकमा लगे । क्याबिनेट बैठकमा प्रधानमन्त्रीले छिटो तयारी गर्न र तरकारी परीक्षण गरेर भित्र्याउने प्रवन्ध गर्न निर्देशन दिए । यो विषदियुक्त तरकारी रोक्ने सम्बन्धि निर्णयको अन्तर्यको प्राविधिक पाटो भयो ।

यसैको राजनीतिक पाटो पनि रहेको छ । त्यो के भने प्रचण्डले आफू निकटका दुवै मन्त्रीहरुलाई भारतसँगको सम्बन्धमा यस्तो गञ्जागोल सिर्जना गर्न निर्देशन दिएका थिए । तरकारी परीक्षण गरेर मात्र नेपाल भित्र्याउन कृषिमन्त्री खनाललाई र परीक्षण गर्ने व्यवस्था नभएको भन्दै त्यसलाई रोक्न वाणिज्यमन्त्री मातृका यादवलाई प्रचण्डको सीधा निर्देशन थियो ।

मातृका यादवलाई उक्त निर्णय फिर्ता लिन लगाउने भन्दै प्रचण्डले भारतीय राजदूत मञ्जिवसिंह पुरीसँग गोप्य भेटवार्ता समेत गरेका थिए ।सरकारको सकारात्मक उद्धेश्यमाथि कृत्रिम दरार पैदा गरेर छिमेकी देशसँगको सम्बन्ध बिगार्ने र त्यसैबाट उत्पन्न हुने सामाजिक प्रतिक्रियाको लाभ लिने प्रचण्डको यो अहिलेसम्मको अन्तिम प्रयास समेत हो । बलदेबलाई बिना तयारी प्रस्ताव गर्न लगाएर मातृकालाई प्रयोग गरी त्यसलाई रोक्ने र भारतसँग टसल हुने अवस्था सिर्जना गर्ने प्रयास गरेर जनताले बिर्सिसकेको प्रचण्ड प्रवृति जागृत गरेका छन ।

यही शिलशिलामै प्रचण्डकै डिजाइनमा अनेरास्ववियुका कार्यवहायक संयोजक रञ्जित तामाङलाइ प्रयोग गरेर सरकार भारतीय दबाबमा चलिरहेको छ भन्ने देखाउने कोशिश गरे । उनले शनिबार विज्ञप्ति नै जारी गर्दै सरकारले शक्तिकेन्द्रको दबाबमा विषादी जाँचसम्बन्धी यस्तो निर्णय गरको उल्लेख गरे । नेकपाका एक जना नेता भन्छन रञ्जितले जारी गरेको पुरै विज्ञप्ति पढ्दा यसमा पनि प्रचण्डको इन्ट्रेस्ट घुसेको छैन भन्न सकिदैन।

रञ्जित तामाङले जारी गरेको विज्ञप्ति र समाचार यहाँ पढ्न सक्नुहुन्छ ।

यतिमात्र हैन प्रचण्डले पछिल्लो समय पार्टी अध्यक्षा तथा प्रधानमन्त्रीसँग भन्दा बढी छलफल पार्टी भित्रै पनि वरिष्ठ नेता माधवकुमार नेपाल र नेता बामदेव गौतमसँग गर्न थालेका छन । उनले सरकारको नाममा असन्तुष्टि बढाउन धेरै काम गरिरहेका छन । उनको धेरैजसो गतिबिधि शंकास्पद देखिन थालेको छ । प्रचण्ड समय समयमा शक्तिकेन्द्रकै लयमा समयसमयमा मन्त्रिपरिषद् पुनर्गठनको विषय भाइरल बनाउँछन तर त्यो भाइरलले ओलीलाइ छुँदैन र मन्त्रिपरिषद् पुनर्गठन पनि हुँदैन । अर्को कुरा उनले पछिल्लो समय हरेकजसो भाषणमा विदेशी चलखेल भएको र अनेक गरेर आक्रमणको कोशिश भैरहेको भन्दै अमुर्त कुरा गर्नेगरेका छन ।

प्रचण्डको यस्तै गतिबिधि बढीरहेको अवस्थामा बिहान प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले एउटा ट्वीट गरे । जुन अहिले समाजिक सञ्जलामा भाइरल समेत भैरहेको छ । यस गतिबिधिप्रति समेत त्यो ट्वीट लक्षित थियो भन्ने कुरा त्यसमा व्यक्त शब्दहरूले गरेका छन । जहाँ कसले चलाइरहेको छ छौँडा भनेर प्रश्न गरिएको छ । पछिल्लो समय संघीयता असफल पार्ने नाममा भारतीय दलालहरूले अनेक अभियान चलाइरहेका छन । रिमालको ट्वीट त्यता पनि लक्षित रहेको अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : २२ असार २०७६, आईतवार १२:०५