१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

बालविवाह विरुद्ध आवाज उठाउदै किशोरीहरु


–दिपक शर्मा

देवचुली, नवलपुर । नेपाल बालविवाह धेरै हुने देश भित्र पर्ने गर्दछ । वर्षेनी अनेक कारणहरुबाट उमेर नपुगीकन बालबालिकाहरुको हुने गरेकोे विवाहहरु प्रशस्त मात्रामा छ । पछिल्लो समयमा अभिभावकहरुले भन्दा पनि बालबालिकाहरु आफैले भागेर गई गरिने विवाह देशभरीनै प्रशस्त रहेको कुरा बिभिन्न तथ्याँकहरुले बताएका छन् ।

तर नवलपुरको देवचुलीका बालिकाहरु भने यही बालविवाहको असर र यसको न्युनिकरणको लागि भने समुदायस्तरमा र विद्यालयमा विभिन्न कार्यक्रमहरुको सञ्चालन गरी जनचेतना फैलाउने गर्ने गरेका छन् । देवचुली १७ का किशोरीहरुले वडा नं. १७ मा स्थानीय स्तरमा रहेका किशोरीहरुलाई बालविवाह, यसको कानुनी प्रावधानहरु र यसको दिगो समाधानको लागि गर्न सकीने क्रियाकलापहरुको बारेमा कक्षा सञ्चालन गरिएको कुरा किशोरी अभियन्ता एवम नगरस्तरीय बाल सञ्जालकी उपाध्यक्ष निरुता खत्री सिंहले बताउनुभयो ।

जागृति बाल तथा युवा सरोकार नेपालले सञ्चालन गरेको किशोरी शसक्तिकरण कार्यक्रमका किशोरी शिक्षकहरुबाट यो कार्यक्रमको सञ्चालन गरिएको कुरा कार्यक्रम अधिकृत सविता पंगेनी बताउनुहुन्छ । देवचुली नगरपालिका नेपालको दोस्रो बालमैत्री नगरको रुपमा २०७५ भाद्र २९ गतेका दिन घोषणा भर्ईसकेको छ । तर यसको दिगोपनाको मुख्य चुनौतीको रुपमा भने बालश्रम र बालविवाह रहेकोले नगरपालिकाले समेत यसको दिगो समाधानको लागि समेत कार्यहरु सुरु गरेको नगरपालिकाले बताएको छ ।

नेपालको संविधान २०७२ मा बालअधिकारलाई मौलिक हकमा नै राखी धारा ३९ भित्र बुँदा नम्बर १ देखी १० सम्म समावेश गरेको र यसमा समेत बालविवाह कानुन विपरितको कार्य भएकोले समेत यसको समाधानको लागि बालसंरक्षण अन्तर्गत रही स्थानीय तहले कार्य सुरु गर्नुपर्ने कुरामा जोड दिनुपर्ने कुरा जागृति बाल तथा युवा सरोकार नेपालका जिल्ला कार्यक्रम संयोजक दिपक शर्मा बताउनुहुन्छ । आजको कार्यक्रममा ३० जना बालक र बालिकाहरुलाई राखी बालविवाह न्युनिकरणको बारेमा कक्षा सञ्चालन गरिएको थियो ।

 

प्रकाशित मिति : २१ असार २०७६, शनिबार १९:२७