१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दुई कम्पनीको शेयर सूचीकृत


२१ असार, काठमाडाैँ । यस साता विभिन्न दुई कम्पनीको शेयर सूचीकृत भएकाे छ । माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको एक लाख २० हजार कित्ता शेयर लाभांश सूचीकृत भए । यस्तै नेरुडे लघुवित्त वित्तीय संस्थाको पाँच लाख १८ हजार ६७० कित्ता शेयर लाभांश सूचीकृत भएको नस्टकले जनाएको छ ।

यस साता पनि बजारमा वाणिज्य बैंकहरुकै बोलवाला रह्यो । बजार पूँजीकरणका आधारमा पनि वाणिज्य बैंकहरु नै शीर्ष दशमा परेका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड शीर्ष स्थानमा रहँदा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्र्डड चार्टड बैंक, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन बैंक, एनआइसिएशिया, नेपाल एसबिआई बैंक र कृषि विकास बैंक शीर्ष स्थानमा रहे । बजार पूँजीकरणमा कृषि विकास बैंकले गत सातादेखि उत्कृष्ट दशमा पर्न सफल भएको छ ।रासस

प्रकाशित मिति : २१ असार २०७६, शनिबार १७:०९