६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

सरकारको भारतवादी निर्णयमा अनेरास्ववियुको आपत्ति, रञ्जितले गरे च्यालेन्ज


२१ असार, काठमाडाैँ । भारतबाट आयात हुने तरकारीको भन्सार विन्दुमा भइरहेको विषादी परीक्षण कार्य तत्कालका लागि स्थगित गर्ने सरकारको निर्णयप्रति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ । अनेरास्ववियुका कार्यबाहक संयोजक रञ्जित तामाङले सरकारको भारतवादी निर्णय संविधानविपरीत भएको दाबी गरिएको छ । तामाङले विज्ञप्ति मार्फत सरकारको निर्णय संविधानको धारा ३६ को खाद्य सम्बन्धी मौलिक हकको मर्मविपरीत रहेको दाबी गरेका छन ।

विज्ञप्तिमा भनिएको छ ‘यो निर्णयबाट सरकार र सरकारका निकाय प्रत्यक्ष वा परोक्ष रूपमा कतै अनुचित विदेशी दबाबमा परेर पछि हटेका त हैनन् भन्ने गम्भीर आशंका समेत पैदा भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ कुनै पनि शक्ति केन्द्रको अनुचित दबाबमा नपरी आयतित विषाक्त फलफूल र तरकारीको सीमा क्षेत्रमा परीक्षण गरेर मात्र प्रवेश गराउने पूर्ववतः निर्णयमा अडिग रहन नेपाल सरकार र अन्य सम्बद्ध मन्त्रालय समक्ष जोडदार माग गर्दछौँ।’

प्रकाशित मिति : २१ असार २०७६, शनिबार १७:१०