८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नाट्टाको अगुवाइमा पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि डिजीटल मार्केटिङ तालिम


२० असार, काठमाडाैँ । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्ष्य गरी कर्मचारीका लागि ‘डिजीटल मार्केटिङ तालिम’ सञ्चालन गरेको छ । नाट्टाले प्रदेश १ को इलाम, धरान, विराटनगर र भद्रपुर, प्रदेश ५ को बुटवल, पाल्पा, लुम्बिनी, रुपन्देही र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको डडेल्धुरा, कञ्चनपुर र कैलालीमा तालीम सञ्चालन गरेको हो ।

नाट्टाले आज काठमाडौँमा आयोजना गरेको समापन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यले पर्यटकीय क्षेत्रमा आधुनिक प्रविधि अपनाउनुपर्ने बताउनुभयो । “सन् २०३० मा प्रत्येक देशमा हाल भइरहेको पर्यटक सङ्ख्या दोब्बर पु¥याउन सरकार र व्यवसायी लाग्नुपर्छ”, उहाँले भन्नुभयो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि व्यवसायी र सरकार प्रविधिमैत्री बन्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।

नाट्टाका अध्यक्ष सिएन पाण्डेले विश्व डिजिटल प्रविधिमा जोडिएकाले पर्यटन व्यवसायीलाई प्रविधिको क्षेत्रमा दक्षता अभिवृद्धि गरी समयसापेक्ष रुपमा अगाडि बढ्न तालीमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयोे । नाट्टाका महासचिव रमेश थापाले पर्यटन क्षेत्रलाई प्रविधियुक्त बनाए मात्र बाह्य पर्यटकको आगमन बढ्ने बताउनुभयो । समापन कार्यक्रममा देशभरका २६० भन्दा बढी प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

   

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार २२:१३