१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

यु १९ एसिया कप छनोटमा सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपाल पुग्याे अन्तिम ४ मा


२० असार, काठमाडौँ । यु १९ एसिया कप छनोटमा सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपाल अन्तिम ४ मा पुगेकाे छ । नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा १ सय ९ रनमा अलआउट भएको हो । पूर्वी क्षेत्रीय छनोटको खेलमा नेपालका लागि कुशल मल्लले चार विकेट लिए । यस्तै तिलक राज भण्डारीले २ तथा सागर ढकाल र रसिद खानले १/१ विकेट लिए ।


नेपालले यसअघि टस जितेर पहिले ब्याटिङ गरेर ५० ओभर खेल्दै ३ सय २६ रन बनाएको थियो । नेपालका लागि रित गौतमले १३७ बलमा ११५ रन, पवन सर्राफले ४१ बलमा ४५ रन, खडक बहादुर बोहराले ९० बलमा ९० रन सातै कुशल मल्लले २३ बलमा ५१ रन बनाएका थिए ।

यसअघि बुधबार पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो । योसँगै समूहको शीर्ष स्थानमा रहेको नेपालले अर्को समूहको उपविजेतासँग सेमीफाइनल खेल्नेछ । समूह बी मा मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड रहेका छन् । प्रतियोगिताको विजेताले अगस्ट २८ देखि श्रीलंकामा हुने यु १९ एसिया कप खेल्न पाउने छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार १५:२४