१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

यी हुन् मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि छनोट भएका स्वास्थ्य संस्था (सूचीसहित)


२० असार, काठमाडाैँ । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था छनोट भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाबाट प्राप्त भएको मापदण्ड पूरा गर्ने ९९ स्वास्थ्य संस्था छनोट गरिएको जनाएको छ ।

 यसअघि मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि ३७ वटा स्वास्थ्य संस्थाको एकाधिकार रहेकामा श्रममन्त्री गोकर्ण विष्टले स्वास्थ्य परीक्षणमा सिण्डिकेट भएको भन्दै ती संस्थालाई कारबाही गर्न निर्देशन दिएका थिए ।

कात्तिकमा नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा मलेसियाले आफूले लैजाने कामदारका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको मापदण्ड आफैं बनाउने उल्लेख भए अनुसार नयाँ मापदण्ड पठाएको थियो ।

नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायतका अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार १४:४५