७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

जनता बैङ्क र ग्लोबल आईएमई बैँक मर्जर हुने


२० असार, काठमाडौँ । जनता बैङ्क र ग्लोबल आईएमई बैँक मर्जर हुने भएका छन् । शुक्रबार काठमाडाैँमा समझदारी पत्रमा हस्ताक्षर गर्दै  जनता बैङ्क र ग्लोबल आईएमई बैँकले मर्जर हुने घोषणा गरेका हुन् ।

जनता बैङ्क र ग्लोबल आइएमई बैङ्क अब एक भएर जाने समझदारी भएको जनता बैङ्कका कार्यकारी प्रमुख(सिईओ) पर्शुराम क्षेत्रीले जानकारी दिएका छन् । मर्जरपछि संयुक्त बैङ्कको नाम के रहने भन्ने अहिलेनै यकिन नभएको क्षेत्रीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार १४:२२