१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

चिन्ता नगर्नुहाेस् अब २२ रुपैयाँमा गर्लफ्रेण्ड पाइन्छ 


२० असार, काठमाडाैँ । दक्षिण चीनको एउटा सपिङ मलमा २२ रुपैयाँमा २० मिनेटका लागि गर्लफ्रेण्ड पाइन्छ । सपिङ मलले यस्तो अचम्मलाग्दो अफर ल्याएपछि अहिले त्यो सपिङ मलमा युवा ग्राहकहरुको थामिनसक्नु भीड लाग्ने गरेको छ । ११ फिलिपिनो पिसो अर्थात २२ रुपैयामा २० मिनेटका लागि भाडामा पाइने ती युवतीहरुसँग आफ्नै गर्लफ्रेण्डसँग जस्तै मज्जाले समय व्यतित गर्न पाइनेछ । तर युवतीहरुलाई छुन भने निषेध गरिएको छ ।

दक्षिणी चीनको हुआन सहरमा रहेको वाइटैलिटी सिटी सपिङ्ग मलमा यो अफर शुरु गरिएसँगै दैनिक व्यापारमा उल्यख्य बृद्दि समेत भएकाे सञ्चारमाध्मयले उल्लेख गरेकाे छ ।  १५ जना सुन्दर युवतीहरू भाडामा राखिएको सपिङ मलमा गर्लफ्रेण्ड भाडामा पाउने अफर पछि युवा ग्राहकहरुको ठूलो भीड मलमा जम्मा हुने गरेको अन्तराष्ट्रिय सञ्चारमाध्मयले उल्लेख गरेका छन् ।  एजेन्सी

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार ०९:५०