१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

एसीसी यू १९ इस्टर्न रिजन क्रिकेटः समूह विजेताका लागि नेपाल र सिंगापुर प्रतिस्पर्धा गर्दै


२० असार, काठमाडाैँ । एसीसी यू १९ इस्टर्न रिजन क्रिकेट छनाेट खेलमा समूह विजेताका लागि नेपाल र सिंगापुर प्रतिस्पर्धा गदैछन् । नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकाे छ । मलेसियाको किनरारा ओभल मैदानमा रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिमबाट यू–१६का कप्तान विशाल विक्रम केसीले डेब्यू गरेका छन् । चीनविरुद्धको खेलमा उनी बाहिर रहेका थिए ।

सेमिफाइनलमा पुगेको नेपालले सिंगापुर विरुद्ध पनि जित निकालेर समूह विजेता हुने लक्ष्य राखेको छ । चीनविरुद्धको भन्दा आज २ जना खेलाडी परिवर्तन गरिएको छ । आज विशाल केसीसँगै लोकेश बम पनि टिममा परेका छन् । कमलसिंह ऐरी र प्रतिश जिसीलाई भने विश्राम दिइएको छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार ०८:०४